उत्साह नेपालको सहयोगमा कैलाशीका अग्नी पीडितलाई घर
बर्दिया । बर्दियाको मधुवन नगरपालीका वडा नम्बर १ कैलाशीका अग्नि पीडित परिवारलाई घर निर्माणका लागी करिव १० लाख बराबर आर्थीक सहयोग गरिएको छ । उत्साह नेपाल बाँकेको सहजीकरणमा गत भाद्र २८ गते बिहिवार भएको एक कार्यक्रममा पूर्णक्षती भएका ८ घरका आगलागी पीडित परिवारलाई निर्माण सम्पन्न घर हस्तान्तरण गरिएको छ ।
गत बैशाख २८ गते आएको हावाहुरी पछि भएको आगलागीबाट पूर्ण नष्ट भएका ८ घरपरिवारलाई नेपाली काग्रेंसका लुम्बिनी प्रदेश सचेतक एवम् बर्दिया क्षेत्र नम्बर २ (क) का प्रदेश सांसद जन्मजय तिमिल्सेनाले घरहरु हस्तान्तरण गर्नु भएको हो । यस्ता किसीमका कार्य गर्ने सरकारको उत्तरदायीत्व माथी उत्साह नेपाल बाँकेले सहयोग पुर्याएकोमा संस्थालाई धन्यबाद दिनुभयो ।
उत्साह नेपाल बाँकेका प्रमुख खड्ग बहादुर घर्तिले “मधुवन नगरपालिका वडा नम्बर २ का स्थानीय कृष्ण परियारले हामीलाई आगलागी हुने वित्तीकै जानकारी गराएको र परियारकै सहजीकरणमा घर बनाउन पूर्ण क्षती ब्यहोरेका ८ घर परिवारलाई करिव १० लाख बरावरको सामाग्री र रासन हस्तान्तरण गरेको उहाँले बताउनु भयो । कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरी, बडा नं १ का बडा अध्यक्ष मिन थापा लगाएत स्थानीयहरुको सहभागीता थियो ।
Facebook Comments