• ११ असोज २०८०, बिहिवार
  • २३ °C काठमाडौं
अस्पतालको योजना तपाई बनाउनुस पहल हामी गर्छौ  : लुम्बिनी प्रदेस सांसद चौधरी

बर्दिया । लुम्बिनी प्रदेस सांसद भुवनेश्वर चौधरीले बर्दिया अस्पतालको दीर्घकालिन योजना बने बजेटको लागि पहल आफूहरुले गर्ने बताउनु भएको छ । बर्दियाको गुलरियामा बर्दिया अस्पतालले आयोजना गरेको बार्षिक समिक्षा गोष्ठिमा बोल्दै सांसद चौधरीले अस्पतालको टीमले योजना बनाएर प्रदेस सांसदका हातमा पार्न जोड दिनुभयो ।


सीमावर्ती क्षेत्रमा उपचार गर्न जाने परिपाटीलाई रोक्नुपर्ने उहाँको भनाई छ । पछिल्लो समयमा बर्दिया अस्पतालको गुणस्तरियता बढेसँगै जिल्ला छाडेर उपचार गर्न बाहिर जानेको संख्या घटेको उहाँको दाबी छ । स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर विरामीको सेवा गर्ने भएकाले सेवाग्राहीहरु संयमित भएर समयमै सेवा लिनुपर्ने बताउँदै नेता चौधरीले अनुशासित रुपमा नागरिकको सेवा गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । समग्र बर्दिया र अस्पतालको स्तर उन्नतीको लागि प्रदेस संसदमा आफू लडिरहेको उहाँको जिकिर थियो ।


कार्यक्रममा लुम्विनी प्रदेस सांसद मालती सोडारीले बर्दियाको विकासको लागि जिल्लाका सबै सांसदहरु एक भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ । अस्पतालको सुधार नहुनुमा स्वास्थ्यकर्मीको नभई सरकारको कमीकमजोरी रहेको औल्याउनुभयो । बेला बेलामा स्वास्थ्यकर्मीहरु माथी हुने हातपातको निन्दागर्दै त्यस्तो कार्य खेदजनक भएको नेता सोडारीले बताउनु भयो । नेपालमा यस्तै अवस्था रहे १० बर्षमा स्वास्थ्यकर्मीहरु सबै विदेशीने उहाँको जिकिर छ । जिल्लाको स्वास्थ्य शिक्षाको विकासका लागि संसदहरु एक हुनुको विकल्प नरहेको बताउँदै बर्दिया अस्पताललाई तत्काल १ सय बेडको अस्पताल घोषणा गर्नुपर्ने उहाँको भनाई छ ।


जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बहादुर विष्टले बर्दिया अस्पतालको स्तरोन्नतीका लागि प्रदेस सरकारले ध्यानदिनुपर्नेमा जोड दिनु भएको छ । उहाँले प्रदेशकै पुछारमा रहेको बर्दिया अस्पतालको प्रर्बद्धनका लागि ध्यान दिन संसदहरुलाई आग्रह गर्नुभएको छ । अस्पताल बिकास समिति बर्दियाका अध्यक्ष नारायण गौतमले अस्पतालमा ओपिडी, एमरजेन्सी भवन तत्काल आवस्यक रहेकोले निर्माणको लागि पहल गरिदिन आग्रह गर्नु भएको छ । बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले अस्पतालमा दरवन्दी अनुसारको चिकित्सक कर्मचारी नहुँदा समस्या परेको बताउनु भएको छ । कम दरवन्दीका बाबजुद सेवा दिन कठिनाई भैरहेकोले थप दरवन्दीको लागि अनुरोध गर्नु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments