• ११ असोज २०८०, बिहिवार
  • २३ °C काठमाडौं
बाल दिवसको अवसरमा तिजको गित

बर्दिया । राष्ट्रिय बाल दिवस, बाल विवाह न्यूनिकरणको नारासहित मधुवनमा बाल दिवसको अवसरमा नगर स्तरिय अन्तर माध्यामिक बिद्यालय स्तरिय तिज गितसहितको नृत्य सम्पन्न गरिएको छ । नगरपालीका, नेपाल साहित्यकला प्रतिष्ठान बर्दियाको आयोजना तथा बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था प्लान इन्टरनेशनल नेपाल, भेरीवातावरणिय बिशिष्टता समुह (बी ग्रुप), बेस बर्दियाको सहकार्यमा कार्यक्रम गरिएको हो । 

‘वाललबालीकामा लगानी, सुनिश्चित भबिश्यको थालनी’ भन्ने नारासहित बाल दिवस मनाईएको छ ।  नेपालले प्रत्येक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउँदै आएको छ । सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको हो । विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको पाईन्छ । 

दिवसको अवसरमा मधुवन नगरपालीकाले नगर भित्रका सामुदायिक तथा सस्थागत गरि १२ वटा बिद्यालयको नगर स्तरिय अन्तर माध्यामिक बिद्यालय तिज गित तथा नृत्य प्रतियोगिता संचालन गरेको जनाएको छ । वाल विवाहका कारण हुने जोखिम तथा यसका असरहरु, कानुनमा भएका नितिगत ब्यबस्था बारे जनचेतना फैलाउन कार्यक्रममले मद्दत पुग्ने विस्वास लिईएको छ । दिवसको अबसरमा शिक्षा तथा सामाजिक क्षेत्रमा कृयाशिल संस्था प्लान इन्टरनेशनल नेपाल, बी ग्रुप बाँके, बेस बर्दिया र सोनाह बिकास समाज बर्दियालाइ सम्मान गरिएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments