बालवालिकाको सवाल हाम्रो प्रयास
बर्दिया । ५९ औं बाल दिवसको अवसरमा बालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारासहित गुलरिया नगरपालिकाको आयोजनामा बालवालिकाको सवाल हाम्रो प्रयास विषयमा अन्र्तक्रिया गरिएको छ । नगरभित्रका १२ वटै वडाका विद्यालयहरुबाट सहभागी छात्रछात्रा, सरोकारवाला संघसंस्थ विच अन्तरक्रिया गरिएको हो ।
जिल्ला सरकारी वकील कार्यालय बर्दियाका न्यायधिवक्ता नगेन्द्र लम्सालले सहजीकरण गर्नु भएको कार्यक्रममा छात्रछात्राहरुले बालअधिकारका बारेमा चाख लिँदै सहभागी भए । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको सन्धी, नेपालले १९९० सेप्टेम्बर १४ मा गरेको अनुमोदन, बालवालिका ऐनको बारेमा जानकारी गराउनु भएको छ । भेदभाव रहित, सर्वोत्तम हित, दीर्घजीवन र विकास, बालवालिकाको बिचार र भावनाको कदर लगायतका महासन्धीको बारेमा प्रष्ट्याउनु भएको छ ।
न्याधिवक्ता सामु बालवालिकाले आफूलाई लागेको जिज्ञासाका बारेमा सोधेका प्रश्नको जवाफ दिनु भएको छ । कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओककार शाहले गुलरिया नगरपालिका बालअधिकार रक्षाका लागि सधै साथमा रहेको बताउँदै बालअधिकार सम्बन्धी कार्ययोजना लागु गर्न पालिकासधै साथमा रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । गुलरिया नगरपालिका महिला विकास शाखाकी अधिकृत शिला शाहले बाल बालिकाको बिकासमूलक कार्यक्रम नगरपालिकाको योजनामा राखिएको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार, बालवालिकाको क्षेत्रमा कामगर्ने संघसंस्थाहरु सहभागी थिए ।
Facebook Comments