• १२ असोज २०८०, शुक्रवार
  • २२ °C काठमाडौं
सफलबन्दै महिला नेतृत्वका सहकारी


विन्दु चौधरी, बाँसगढी । लालीमा पुष्पकमल महिला बहुउद्देशीय सहकारी संस्था लिमिटेडको प्रथम बार्षिक साधारणसभा गरिएको छ । संस्थाका अध्यक्ष शिवकुमारी सापकोटाको अध्यक्षतामा सम्पन्न प्रथम बार्षिक साधारण सभा बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन शत्र प्रारम्भ गरिएको हो । 


थोपा थोपा मिलेर समुन्द्र बनेझै एक एक रुपैया गरेर धेरै बनाउने अभिलाषा लिएर लालीमा पुुष्पकमल महिला बहुउद्देशीय सहकारी संस्थाको २०८० असार ८ गते एकिकरण भएपछि प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको सस्थाका प्रबन्धक जुना खड्काले बताउनुभयो । संस्थाका अध्यक्ष सापकोटाले सस्ंथालाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाउदैँ लैजाने बताउनु भयो । सभामा प्रमुख अथिति नगर उपप्रमुख चौधरीले सहकारीले राम्रो काम गरेकोभन्दै प्रशंसा गर्नुका साथै आगामी दिनमा साथ र सहयोग रहने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा सहभागी अन्य बक्ताहरुले महिलाहरुले स्थापना गरी  महिलाहरुलाई संगठित गरेको सहकारी हुँदा यस्को महत्व र पहिचान आफैमा महत्वपूर्ण रहेको बताएका छन् । साथै सहकारीलाई शुभकामना ब्यक्तगर्दै महिलाहरु अझै गुणात्मक रुपमा राज्यको माथिल्लो निकायमा पुग्न नसक्नुमा अध्ययन र चेतनाको कमी रहेकाले स्वयमले सोको विकासगर्दै क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिईएको छ । 


साधारण सभामा संस्थाका सचिव कल्पना सापकोटाले बर्ष भरी भएका प्रगति विवरणको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । लेखा समितीका संयोजक गोमा चौधरीले आय व्यायको प्रतिवेदन प्रस्तुत गर्नु भयो । यसैगरी एक हजार ३ सय ६५ जना शेयर सदस्य रहेको सहकारीमा हाल ४ करोड ३ लाख ८७ हजार २ सय ४७ रुपैया बचत र १ करोड ३ लाख ६० हजार २ सय रुपैयाँ शेयर पँुजी संकलन गरेको छ । हाल संस्था संग ४१ लाख ५३ हजार ७ सय ६१ रुपैयाँ जगेडा कोष रहेको जनाईएको छ । संस्थाले ६ करोड ३४ लाख ८५ हजार ७ सय १८ रुपैया कर्जा लगानी गरेको छ । 


सस्थाले सामाजिक उत्तरायित्व प्रति सहकारीले महिला हिंसा विरुद्ध उल्लेखनिय काम गर्दैआईरहेको प्रगती प्रतिवेदनमा उल्लख गरिएको छ । साथै सुनौला हजार दिनका आमाहरुलाई आर्यआर्जनमा टेला पुगोस भनेर स्वास्थ्य र महिला विकासको सहकार्यमा ५० जना आमाहरुलाई १२ लाख ५० हजार रुपैया बाँसगढी नगरपालिकाबाट अनुुदान वितरण गरेको थियो । त्यस्तै असहाय बालबालिका, बद्धा, एकलहरुलाई आर्यआर्जन, पशुचौपाया वितरण, शैक्षिक सामाग्री वितरण सस्था सहयोगगर्दे आईरहेको सस्थाका अध्यक्ष सापकोटाले बताउनुभयो ।

सम्बन्धित समाचार

Facebook Comments