• २२ फागुन २०८०, मङ्गलवार
  • १७ °C काठमाडौं
नागरिक समाजको सक्रियतामा बालविवाह बिरुद्ध सचेतना

बढैयाताल (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ का  विभिन्न टोलमा  बाल बिवाह  न्यूनीकरण सम्बन्धि सचेतता गरिएको छ । साताको भेटमा बाल बिबाहको कुरा भन्ने संदेससहित दैलेखी, बगिया टोल लगायत नयाँ बस्तीमा कार्यक्रम  गरि सचेत पारिएको हो ।


नागारिक समाज संजाल  बढैयातालको आयोजनामा र बाँके युनेस्को क्लबको समन्वयमा बाल बिवाह न्यूनीकरण गर्ने उद्देश्यले अभिभावकको उपस्थितिमा छ्लफल गरिएको  छ । नागरिक समाज संजालका  सदस्य दल बहादुर सुनारको अध्यक्षतामा भएको छ्लफल कार्यक्रममा नागरिक समाज संजाल बढैयातालका सदस्य नेत्र प्रसाद सापकोटा र हिक्मत सुनारले सहजीकरण गर्नु भएको थियो । 


बाल बिवाहले ब्यक्तिको शारीरिक तथा  मानसिक रूपमा पार्ने असर, सामाजिक, शैक्षिक, आर्थिक लगायत कानुनी जटिलता लगायतका बारेमा सचेत पारिएको बताईएको छ । प्लान नेपालको सहयोगमा भएको कार्यक्रम मार्फत स्थानीय टोलका १ सय ६० जना भन्दा बढी बाल बिवाह सम्बन्धि सचेत भएको बाँके युनेस्को ब्लबले जनाएको  छ ।

सम्बन्धित समाचार

Facebook Comments