• २२ फागुन २०८०, मङ्गलवार
  • १९ °C काठमाडौं
सहकारीको स्थापना दिवसमा आमाहरु सम्मानित

मुरली गोडिया, गुलरिया (बर्दिया) । सुनौलो महिला बिकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड गुलरियाले २२ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा सहकारीको कार्यक्षेत्र नगरपालिका भित्रका विभिन्न वडाबाट  छनौट गरि २२ जना जेष्ठ नागरिक आमाहरुलाई सम्मान गरेको छ । 


जेष्ठ नागरिकहरुलाई दोसल्ला, हर्लिक्स तथा नगद प्रदान गरि संस्थाले सम्मान गरेको सहकारीले जनाएको छ । गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीमा आवद्ध शेयर सदस्यहरु सहभागी थिए । स्थापना दिवसको अवसरमा शुभकामना दिंदै उपप्रमुख गौतमले सुनौलो महिला सहकारीले जेष्ठ नागरिकलाई सम्मान गरि उदारहणीय कार्य गरेको बताउनु भयो । सहकारीहरुलाई नगरपालिकाले विभिन्न समाजिक, आर्थिक तथा अधिकार मुखी कार्यक्रममा समेट्दै आएको बताउँदै अगामी दिनमा समेत समन्वयात्मक गरी कार्यहरुगर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

शुभकामना मन्तब्य दिंदै नगरपालिकाका बरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले पछिल्लो समय कतिपय सहकारीहरुको नाकारात्मक दृष्टिकोणलाई समेत सुनौलो महिलाले गरेको प्रगति तथा क्रियाकलापले चिरफार गरेको बताउनु भयो । उद्यमशिलताको क्षेत्रमा सुनौलो सहकारीले महिलाको अधिकार तथा हिंसा नियन्त्रण गर्न सक्ने स्थानमा पुगेको भन्दै शुभकामना दिनु भयो । सहकारीका अध्यक्ष इन्दिरा सुवेदीको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा सुनौलो महिला २२ वर्षमा प्रवेश गर्नु सवैको लागी सुखद भएको बताउनु भयो । विभिन्न आरोह अवरोहहरु पारगर्दै महिलाको आर्थिक उपार्जन तथा अधिकारको रक्षाको क्षेत्रमा कार्यगर्न सफल भएको बताउनु भयो । 


सुनौलो महिला सहकारीले विभिन्न गाँउका महिलाहरुलाई आर्थिक उपार्जनको क्षेत्रमा जोड्दै सहकारीका शेयर सदस्य महिलाहरुको सक्रियतामा अर्गानिक बेसार उत्पादन गरी विक्रीका लागी तयार गरेको अध्यक्ष सुवेदीले जानकारी गराउनु भयो । लामो समयको मिहिनेत र महिलाहरुको इमान्दारिताले उत्पादन गरेका बेसारलाई बजारीकरणमा सहयोग गर्न स्थानिय सरकार तथा छाता संगठनलाई अनुरोध गर्नु भएको छ । कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याल, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, नागरिक समाज संजाल बर्दियाकी अध्यक्ष हिमा सुनार  जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष नेत्र सापकोटा, रास्ट्रिय सहकारी बैंक भुरिगाउ शाखाका प्रबन्धक किरण खत्री, माइती नेपाल बर्दियाको प्रमुख गायत्री रिमाल लगायतले २२ औं स्थापना दिवसको अवसरमा संस्थाको प्रगतीको शुभकामना दिनु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments