• २२ फागुन २०८०, मङ्गलवार
  • १७ °C काठमाडौं
बाँसगढीमा दृष्टिविहिन बालवालिकाहरुलाई सम्मान

विन्दु चौधरी, बाँसगढी (बर्दिया) । ३२ औै अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा बाँसगढीमा आयोजित एक कार्यक्रममा दृष्टिविहिन बालबालिकाहरुलाई सम्मान गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपांगता भएका ब्यक्तिको अपनत्वसहितको ऐक्यबद्धता भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय माविमा अध्ययनरत १५ जना दृष्टिविहिन बालबालिकाहरुलाई सम्मान गरिएको हो । 


फरक क्षमता भएका बालिबालिकाहरुलाई स्कुल झोला र दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यालयमा आयोजित सम्मान तथा छलफल कार्यक्रममा बोल्ने अधिंकाश बक्ताहरुले अपांगता भएका ब्यक्तिहरुको अधिकार रहेपनि कार्यान्वयन नभएको दावी गरेका छन् । दृष्टिविहिन विद्यार्थीहरुका लागि बे्रल पाठ्यपुस्तकको अभाव भएकाले पठनपाठनमा समस्या भएको गुनासो उनीहरुको छ ।  कक्षा १२ सम्म आवश्यक पाठ्यपुस्तक लगाएतको प्रबन्ध मिलाउने सरकारको अनिवार्य दायित्व भएपनि बे्रल पाठ्यपुस्तक अभावले दृष्टिविहिन विद्यार्थीको सिकाइ जटिल बनेको उनीहरुले बताएका छन् । 


कार्यक्रममा सम्बोधन गर्दै बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीले अपागंता भएका व्यक्तिलाई सहज र उनिहरुले सक्दो रोजगारीको ब्यवस्था गर्नुपर्ने बताउनु भयो । अपांगता भएका व्यक्तिको ईच्छा आकांक्षा बुझेर उनीहरुलाई आवश्यक प्रबिधि तिर लैजान सके उनीहरुको भविष्य बनाउन सकिने उहाँको जिकिर छ । बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख यशोदा थापाले पालिकामा १ हजार १ सय अपागंता भएका व्यक्ति रहेको जानकारी दिनुभएको छ । 


पालिका स्तरिय अपांगता संजालका अध्यक्ष दिप बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वार्ड नम्बर ८ का वडाध्यक्ष तुलप्रसाद गौतम, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भिमबहादुर खत्री, शिक्षक फणिन्द्र प्रसाद ढुंगाना, लगायतको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रमको स्वागत मन्तब्य टिकाराम खनालले गर्नुभएको थियो भने कार्यक्रमको संचालन महिला शाखा प्रमुख थापाले गर्नु भएको थियो । दिवसका अवसरमा गुलरिया नगरपालिका महिला तथा बालवालिका शाखाले आयोजना गरेको कार्यक्रममा नगरका विभिन्न माविका ९ जना बालवालिकाहरुलाई सम्मान गरिएको छ ।  

सम्बन्धित समाचार

Facebook Comments