• २२ फागुन २०८०, मङ्गलवार
  • १४ °C काठमाडौं
मंगलवार निकुञ्जको हात्तीसारमा हात्ती पूजा गरिने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरुको पूजा गरिने भएको छ । एसियाकै ठूलो हात्ती राजागजको सम्झनामा निर्माण गरिएको खमारीमा राखी मंसिर १९ गते मंगलवार हात्तीहरुको पूजा गरिने भएको हो ।


बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग तथा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानको आयोजनामा हुने हात्ती पूजामा संरक्षणका क्षेत्रमा कामगर्ने एक दर्जन संघ÷संस्थाहरुले सहकार्य गरेको अभियानका अध्यक्ष हेमन्त आचार्यले बताउनु भयो । उक्त क्षेत्रमा परम्परागत रुपमा दशैका अवसरमा हात्तीबाट सुँगुर कुल्चाउने परम्परालाई परिमार्जनगर्दै हात्ती पूजा गर्ने प्रचलन स्थापित गरिएको उहाँको भनाई छ । 


सोही अवसरमा विभिन्न खेलकुद लगायत संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रम हुनेछन् । हात्ती पूजाको कार्यक्रम हात्तीसारमा मंगलबार विहान ८ बजेदेखि शुरु हुने भएकाले स्थानिय, पर्यटक, पर्यटन ब्यवसायी लगायत सम्पूर्ण जनमा पूजामा सहभागी हुनको लागि अध्यक्ष आचार्यले सादर निमन्त्रण गर्नु भएको छ । एसियाकै ठूलो हात्ती राजागज बर्दियाबाट हराएपछि उसको सम्झनामा हात्ती बाध्ने काठको खमारी गाडीएको छ ।

सम्बन्धित समाचार

Facebook Comments