• २२ फागुन २०८०, मङ्गलवार
  • १७ °C काठमाडौं
एकसिंगे गैडाको आक्रमणबाट बृद्ध पुरुष घाईते

हरि गुरुङ, मधुवन (बर्दिया), मंसिर १५ । बर्दियाको मधुवन नगरपालिका वडा नं–३ खाता बस्ने अन्दाजी बर्ष ७० का गहनु थारु गैडाको आक्रमणबाट घाईते हुनु भएको छ । गौरी महिला सामुदायिक वन भित्र खर काट्न जाने क्रममा एकसिंगे गैंडाले आक्रमण गरेको हो ।


प्रहरी चौकी कोठियाघाटले जनाए अनुसार उहाँलाई उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएको छ । थारुको दाहिने हात र पेटमा गम्भीर चोट लागेको बताईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments