अनितादेवी मन्त्री बन्दै, शपथ भोलि बिहान
माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार वर्तमान सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै जनमत पार्टीकी अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छिन्।
साहको शपथ आजै हुने तयारी भएको थियो तर, प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट ढिलो आइपुगेका हुँदा उनको शपथ भोलिका लागि सरेको हो।
Facebook Comments