• २२ फागुन २०८०, मङ्गलवार
  • १३ °C काठमाडौं
बाँसगढी बजारबाट प्रतिवन्धित सुर्तीजन्य पदार्थ बरामद

विन्दु चौधरी, बाँसगढी (बर्दिया) । बाँसगढीका विभिन्न पसल अनुगमनका क्रममा भारतमा उत्पादित प्रतिबन्धित सुर्तीजन्य पदार्थ बरामद भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भन्सार कार्यालय बर्दिया, करदाता सेवा कार्यालय बर्दिया, घरेलु तथा साना उद्योग कार्यालय बर्दिया र उद्योग बाणिज्य संघ बाँसगढीको सयुक्त बजार अनुगमन गरिएको थियो ।


बजार अनुगमनका क्रममा १० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको करदाता सेवा कार्यालयका कर अधिकृत शेरनाथ योगीले जानकारी दिनुभयो । राजापुर भन्सार कार्यलयका भन्सार अधिकृत धन बहादुर शाहीको रोहवरमा गरिएको बजार अनुगमन शुरु गरेलगत्तै ठूलो परिमाणमा भारतीय गुट्का, विडि, सुर्ति, तमाखु लगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएईएको छ । उहाँले २० वटा पसलमा मात्र अनुगमन गर्दा धेरै परिमाणमा सुर्तिजन्य पदार्थ बरामद गरिएको जनाउँदै बजारमा धेरै ठूलो संख्यामा भारतीय सुर्ति रहेको आशंका गरिएको बताउनुभयो । 


भारतमा उत्पादित हानिकारक सुर्तीजन्य पदार्थको नेपालमा बिक्री वितरण प्रतिबन्धित छ । बाँसगढी लगायत बर्दियाका विभिन्न ठाउँमा हरेकजसो पान पसल र किराना पसलमा भारतीय सुर्तिको बिक्री खुला रुपमा भइरहेको पाइन्छ । भारतीय सुर्तिजन्य पदार्थ बिक्री गर्न पूर्णरुपमा रोक लगाइने जनाउँदै सो रोक्न पटक पटक अनुगमन गर्ने र नाकामा थप कडाई गर्न लगाउने तयारी भैरहेको जनाईएको छ । 


अनुगमनमा दर्ता गरी पसल सञ्चालन नगर्ने, मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन नगर्ने, भारतबाट अवैध रूपमा गुणस्तरहीन खाद्यान्न भित्तयाएर बजारमा बिक्री गर्ने कार्य नगर्न ब्यापारीहरुलाई सचेत गराईएको छ । अनुमगन टोलीमा राजापुर भन्सार अधिकृत धन बहादुर शाही, कर अधिकृत शेरनाथ योगी, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत पुर्णमान ओली, जिल्ला प्रसासन कार्यालय बर्दियाका नायव सुब्बा निराजन शर्मा, बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्री बराल, बरिष्ठ उपाध्यक्ष शिव देवकोटा, सुरक्षाकर्मी, पत्रकार लगाएतको सहभागीता थियो ।

सम्बन्धित समाचार

Facebook Comments