• २२ फागुन २०८०, मङ्गलवार
  • १७ °C काठमाडौं
विद्यालयमा मोवाईल निषेध गर्नुपर्छ : सांसद सोडारी

बर्दिया । लुम्बिनी प्रदेस सांसद मालती सोडारीले बालवालिकाहरुले विद्यालयहरुमा मोवाईल लैजान निषेध गर्नुपर्ने बताउनु भएको छ । शान्ति पुर्नस्थापना गृह गुलरिया बर्दियाले आयोजना गरेको मानव बेचविखन रोकथाम सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता सोडारीले मोवाईलको प्रयोगले बालवालिकाहरु कुलतमा पर्ने बताउँदै विद्यालयमा मोवाईल लैजाने गतिविधि निषेश गर्नुपर्ने बताउनु भएको हो ।


आफ्ना बालवालिका उपर अभिभावकहरुलाई समेत सजगता अपनाउन आग्रह गर्नुभयो । महिला तथा बाल अधिकार तथा जोखिमका सवालमा सचेतना दिँदा महिला, बालवालिका लगायत अभिभावकहरुलाई पनि सँगै सचेत पार्नु पर्नेमा उहाँको जोड थियो । यातायात, निर्माण, इँटा भट्टामा कामगर्ने महिला तथा मजदुरहरुलाई जोखिमबाट जोगाउन ब्यापक सचेतनाको आवस्यकता छ । दलालहरुले चेलीबेटी बेचविखनको शैली नयाँ अपनाउने गरेकाले बैदेशिक रोजगारीमा जाने महिलाहरुलाई सचेत पार्न आवस्यक रहेको उहाँले प्रष्ट्याउनु भयो ।


कम्तीमा स्नातक सम्म पढेका महिलाहरु सचेत भई बैदेशिक रोजगारीमा जाँदा जोखिम कम हुने बताउँदै उहाँले थप्नुभयो जिल्लामा रहेका महिला राजनितिकर्मीहरु सँग समन्वय र सहकार्यगर्दै बेचविखनमा काम गर्ने निकायहरु अघि बढ्न आवस्यक छ । सरकारले गर्ने काम संघ संस्थाहरुले गरिदिएको स्मरण गराउँदै नेता सोडारीले यस्ता समस्याहरुको पहिचानगर्दै स्थानिय सरकारहरुले आफ्ना निति तथा कार्यक्रमहरु बनाउनु पर्नेमा जोड दिनुभयो ।


संस्थाका तर्फबाट निर्मल सुवेदीले सँस्थाले भए गरेका कार्यहरुको बारेमा जानकारी गराउनु भएको छ । शान्ति पुर्नस्थापना गृहले जिल्लामा मानव बेचविखन तथा लागुऔषध विरुद्ध कामगर्दै आईरहेको जिल्ला संयोजक सपना शर्माले बताउनु भयो । पुर्नस्थापना केन्द्रमा पीडितहरुलाई खाने, बस्ने लगायत परामर्शका कार्यहरु संस्थालेगर्दै आईरहेको छ । सीमानामा डेस्क स्थापना गरी बेचविखन विरुद्ध चेकजाँच गर्दै आएका छौं । उहाँले भन्नुभयो सरोकारवालाहरुसँग समन्वयगर्दै विद्यालय, समुदाय स्तरमा सचेतना र उद्धार गरिएकाहरुलाई पारिवारिक पुर्नमिलन गराएको उहाँले बताउनु भयो । शान्ति पुर्नस्थापना गृहले विगत ३ बर्षदेखि बर्दियामा कामगर्दै आईरहेको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments