साप्ताहिक हनुमान उपासनाको पूर्णाहुती गरिँदै
बर्दिया । बर्दियाको गुलरिया स्थित भन्सार रोडमा अवस्थित गौरी शंकर मन्दिरको हनुमान स्थानमा साप्ताहिक रुपमा गरिँदै आएको हनुमान ब्रतको आगामी मंगलबार पूर्णाहुती गरिँदै छ । ४१ हप्ताको संकल्पित ब्रत ५० औं हप्तामा समापन गरिन लागेको हो ।
सुन्दरकाण्ड महिला मित्र मंडलद्वारा आयोजित हनुमान ब्रत उद्यापनका दिन गौरीशंकर मन्दिर परिसरमा रहेको हनुमान स्थानमा बिषेश पूजन, हनुमान चालिसा तथा सुन्दरकाण्ड पाठ, हवनसँगै पूर्णाहुती र भण्डारा गरिने मित्र मण्डलकी अध्यक्ष निलम श्रीवास्तवले जानकारी दिनु भएको छ । समाजमा धार्मिक सचेतनासँगै पूण्य प्राप्तीका लागि कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।
पूर्णाहुतीका दिन विहान ८ बजेदेखि १२ बजेसम्म हनुमान चालिसा र सुन्दरकाण्ड पाठ, मध्यान्ह् १२ बजेदेखि ३ बजेसम्म हवन तथा पूर्णाहुती र दिउँसो ३ बजेदेखि भण्डारा तथा प्रसाद वितरण कार्यक्रम रहेको छ । अध्यक्ष श्रीवास्तवले आयोजित साझा धार्मिक कार्यक्रममा सम्पूर्ण सनातनी हरुलाई सहभागीताको लागि सादर निमन्त्रणा गर्नु भएको छ । पूर्णाहुती पश्चात उपासना पुन शुरु गरिने बताईएको छ ।
Facebook Comments