• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
गुलरियामा साँस्कृति महोत्सव शुरु, स्थानिय कलाकार रुष्ट

मुरली गोडिया, गुलरिया (बर्दिया) । गुलरियामा हुन लागेको गुलरिया सांस्कृतिक महोत्सव २०८० प्रति विभिन्न कला संगठनहरुले असन्तुष्टि जनाएका छन् । फूलवारी युवा क्लव गुलरियाले आयोजना गरेको साँस्कृतिक महोत्सवमा स्थानीय स्तरको कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्बद्धन भन्ने नारा राखी गरिएपनि महोत्सवले स्थानिय कलाकार तथा स्थानिय कला संस्कृतिलाई उपेक्षा गरेकोभन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् । 


कलाकारिता क्षेत्रमा विशेष योगदान दिनु भएका कलाकारहरु साथै हरेक विधामा जिल्ला भित्र क्रियाशिल र बर्दियाबाट प्रतिनिधित्व गरी राष्ट्रिय स्तरमा ख्याति कमाएका थुप्रै कलाकार भएपनि नाफा कमाउने उद्देश्यले जिल्लाकै कलाकारलाई बाईपास गरि साँस्कृतिक महोत्सव गरिनु हामी बर्दियाली कलाकारको लागि निकै दुःखको कुरा भएको बर्दियाली कलाकार समाजका अध्यक्ष कमल विसीले बताउनु भएको छ । महोत्सवलाई व्यवसायिक हिसाबले मात्र हेरी बर्दियाली कलाकारहरुलाई बेवास्था गरी कलाकारिता क्षेत्रमा कृयाशिल जिल्लाका कुनै संघ संस्थासंग जानकारी वा सहकार्य नगरी गरिएको कार्यक्रम भएकोले एकजुट भई घोर आपत्ती जनाएको अध्यक्ष विसीको भनाई छ । 


समाजले प्रेस विज्ञप्ती जारीगर्दै आफ्नै घर आगनमा मेला महोत्सवमा नवोलाईएको प्रति असमर्थन रहेको र स्थानीय प्रशासन, नगरपालिका लगायतलाई पनि यस विषयमा गम्भीर भएर सोच्न आग्रह गरेको छ । यसैबीच महोत्वलाई राष्ट्रिय थारु कलाकार मंचले बहिष्कार गरेको जनाएको छ । बर्दियाली कलाकार, स्थानिय कला, संस्कृती, धार्मिक स्थल तथा पर्यटकिय स्थलहरुले अन्तर्राष्ट्रिय स्तरमै परिचित भइसकेका विषयहरु महोत्सवले नसमेटेको भन्दै मञ्चले विज्ञप्ती जारीगर्दै गुलरिया सांस्कृतिक महोत्सव २०८०“ लाई बहिस्कार गरेको विज्ञप्ती मार्फत जनाएको छ । बर्दियाली कलाकार तथा बर्दिया भित्र रहेका पौराणिक संस्कृती नसमेटी पुर्णरूपमा व्यापारिक उद्देश्य मात्र रहेको विषय प्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै आगामी दिनहरुमा उल्लेखित विषयलाई ख्यालमा राखी कार्यक्रम आयोजना गर्न आयोजक परिवारलाई अनुरोध समेत विज्ञप्ती मार्फत गरिएको छ । 


यस विषयमा गुलरिया सांस्कृतिक महोत्सव २०८० को आयोजक संस्था फुलबारी युवा क्लबका अध्यक्ष आदर्श शर्माले सवैपक्ष संग उपस्थितीका निम्ती समन्वय भइरहेको बताउनु भयो । कला र संस्कृति संरक्षणका लागी कार्याक्रम गर्ने क्रममा त्रुटी आवश्य हुन सक्ने भन्दै शर्माले बर्दियाली कलाकार तथा यहाँको कला संस्कृति र संघसंगठन संस्था संग समान सहभागीताका लागी समन्वय भइरहेको दाबी गर्नु भयो । मंसीर २ गते गुलरियाको बबई बहुमुखि क्याम्पसको खेल मैदानमा हुन लागेको गुलरिया सांस्कृति महोत्सव २०८० आउँदो मंसीर १० गते सम्म संचालन हुने बताइएको छ । महोत्सवमा स्थानिय कला संस्कृति तथा स्थानिय देखी राष्ट्रिय स्तरका गायक कलाकारहरु प्रस्तुति रहेने भएकोले सहभागीताका लागी अयोजकले अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार

Facebook Comments