• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
शिक्षा बिकासको लागि छुट्टै योजना : मन्त्री चौधरी

केशव कोईराला, राजापुर (बर्दिया) । लुम्विनी प्रदेशका भौतिक पूर्वाधार बिकास मंत्री धर्म वहादुर चौधरीले शिक्षा क्षेत्रको बिकासकालागी छुट्टै योजना ल्याएको बताउनुभएको छ । बर्दियाको राजापुर –१, सोनपुरमा अवस्थीत कालिका माध्यामिक बिद्यालय चनौराको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती महोत्सव समारोहलाई सम्वोधनगर्दै मंत्री चौधरीले सोकुरा बताउनु भएको हो । 


यस क्षेत्रको निवाचित सांसद हुँदै मंत्री भएको स्मरण गराउदै शिक्षा क्षेत्रको बिकासकालागी प्रभावकारी योजना ल्याउने उहाँको दाबी छ । “शिक्षा क्षेत्रको भौतिक बिकास सँगसँगै र प्रभावकारी हुने गरि योजना ल्याएका छौं । उहाँले भन्नुभयो, प्राबिधिक शिक्षा तर्फ यस क्षेत्रको हरदम लागीपर्नेछु । मंत्री चौधरीले स्वर्ण स्तम्भको समेत अनावरण गर्नुभयो । समारोहमा बोल्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले शिक्षा क्षेत्रको बिकास नगरको पहिलो प्राथमिकतामा रहेको बताउँदै शिक्षा बिकासमा नगरपालिकाले महत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


शिक्षा बिना समाजको बिकास सम्भव छैन मेयर थारुले भन्नुभयो “समाज बिकासका निम्ती शिक्षा बिकास अपरिहार्य हुन्छ ।” बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष चल्तु थारुको अध्यक्षतामा आयोजित स्वर्ण जयन्ती महोत्सव समारोहमा राजापुर नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरी, वडा नं १ का अध्यक्ष बाबुराम चौधरी, वडा नं ३ का अध्यक्ष प्रसादु थारु, वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेल वडा नं ६ का अध्यक्ष असराज न्यौपाने, बिद्यालयका सँस्थापक प्रधानाध्यापक भक्त जंग शाह, जग्गा दाता भोजराज शर्मा पन्थी, पूर्व प्रधानाध्यापक शान्ताराज शर्मा, शिक्षक महासंघ राजापुरका अध्यक्ष राजकुमार रेग्मी, स्थानिय बरघर, संचारकर्मी लगायतको उपस्थित थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बिरवल चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । 

सम्बन्धित समाचार

Facebook Comments