गाई तिहारमा मधुवन गौशालामा गाईको पूजा
बर्दिया । मधुवन नगरपालिका स्थित गौशालामा गाई पूजा गरिएको छ । धनकी देवी लक्ष्मीको रुपमा गाईको पूजा गरिन्छ । तिहारको तेस्रो दिन सोमबार गाईको पूजाआजा गरिएको छ । यसबर्ष गाई तिहारको दिन सोमबारे औसी परेकाले यसलाई महत्वपूर्ण मानिन्छ ।
यमपञ्चकको तेस्रो दिन गाईको पूजाआजा गरी सेलरोटी आदी प्रसादको रुपमा चढाईन्छ । गाईका गोठहरुमा बाबियोको डोरी बाटी, पञ्चपल्लव घुसारेर तोरण बनाई टंगाउने प्रचलन छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । यसै परम्परा लाई निरन्तरता दिदै मधुवन नगरपालिका द्वारा संरक्षित गाईको पुजा गरिएको छ । मधुवन नगरपालिका नगर प्रबक्ता मेख बहादुर गुरुङले गौशालामा गाई माताको पुजा गरी मिष्ठान्न प्रसाद अर्पण गर्नु भएको छ ।
गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले प्रमाणित गरेको छ । तर समाजमा दुध दिदा सम्म पाल्ने थाकेपछि दाम्लो फुकालेर लखेट्ने मनोबिज्ञान बढेको प्रति नगरप्रवक्ताले चिन्ता ब्यक्त गर्नुभयो । नगरले गाई संरक्षणमा चुनौती थपिएको हुँदा सोचे जस्ता गर्न नसकेको उहाँको भनाई छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
Facebook Comments