भरुवा बन्दुकसहित चोरी शिकारीको आरोपमा ४ जना पक्राउ
केशव कोइराला, बर्दिया । चोरी सिकारीको आरोपमा ४ जनालाई बर्दिया राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणसहित निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोलीले दुई थान भरुवा बन्दुक, ४० किलो भन्दा बढी जरायो जस्तो देखिने मासुको सुकुटी, दुईटा जरायोको सिंग लगायत बन्दोबस्तीका सामान समेत बरामद गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार पक्राउ पर्नेमा सुर्खेत जिल्ला बराहताल गाउँपालिका–१ तेलपानीका ६६ वर्षिय गगन वली, सोही पालिका– १ तेलपानीका ४३ वर्षिय यम बहादुर वली, सोही ठाउँका ३८ वर्षिय चन्द्र बहादुर वली र सोही ठाउकै ३८ वर्षीय दिल बहादुर वली रहेको बताउनु भयो । उनीहरुलाई गोप्य सूचनाका आधारमा घरमै गई पक्राउ गरिएको अधिकृत रामको भनाई छ । गगन र चन्द्रबहादुरको घरबाट भरुवा बन्दुक सहित सुकुटी बरामद गरिएको हो । उनीहरुलाई सार्वजनिक गर्दे वन्यजन्तु ऐन अन्तर्गत कारबाही प्रकृया अघि बढाईएको छ ।
Facebook Comments