• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
बारबर्दिया  नगरपालिकाले जाजरकोट पुगेरै गर्यो सवा ५ लाखको राहत चेक हस्तान्तरण

गुलरिया । शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रविन्दु बनाएर आएको भुकम्पका पीडितहरुको सहयोगका लागि बारबर्दिया नगरपालिकाले राहत स्वरुप सवा ५ लाख रुपैयाको चेक जाजरकोट पुगी हस्तान्तरण गरेको छ । जाजरकोट दैवी प्रकोप उद्धार समिति मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख २५ हजार रुपैया सहयोग उपलब्ध गराएको हो ।


जाजरकोट तथा रुकुम पश्चिमका पीडित स्थानियको खोजउद्धार, उपचार, पुर्नस्थापना, पुर्ननिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन रकम हस्तान्तरण गरेको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले बताउनु भयो । नगरप्रमुख थारु, उपप्रमुख रत्नाकुमारी पाण्डे, निमित्त प्रमुख प्रशासकिय अधिकृत टिकानाथ गोसाइँ, वडा अध्यक्ष देवेन्द्र कुमार विष्ट लगायतको टोली जाजरकोट पुगी चेक हस्तान्तरण गर्नु भएको थियो । नगरपालिकाले भुकम्पका मृतकहरु प्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदनासँगै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

जाजरकोटको धेरै माथी पुग्न नसकेपछि देखिएका घरहरु मध्ये नयाँ घरहरु नभत्किएका र पूराना घरहरु भत्किएको उहाँले बताउनु भएको छ । पूराना मक्किएका ईटा, कुहिएका काठहरुबाट बनेका घरहरु अधिकांस भत्किएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई भेटेर राहत बुझाएउँदै उहाँलाई आउने फोनहरु रेस्पोन्स गरिदिन आग्रह गरेको छु । उपमेयरको घटना भएको घर पनि पूरानो भएका कारण भत्किएको उहाँको भनाई छ । भूकम्पका पीडितहरुलाई थोरै भएपनि सहयोग पुगेस भन्ने हेतुले राहत उपलब्ध गराईएको उहाँको भनाई छ । 

सम्बन्धित समाचार

Facebook Comments