जाजरकोटका भुकम्प पीडितलाई गुलरिया नगरपालिकाको १० लाख बराबरको सहयोग
मुरली गोडिया, गुलरिया (बर्दिया), कार्तिक २० । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भई शुक्रबार मध्यरातमा गएको भुकम्पबाट प्रभावित पीडितहरुलाई गुलरिया नगरपालिकाले खाद्य समाग्री उपलब्ध गराउने निर्णय गरेको छ । प्रकोप व्यवस्थापन कोषबाट व्यहोर्ने गरी रु. १० लाखको अधिनमा रही खाद्यसामाग्री उपलब्ध गराउने कार्यपालिकाले निर्णय गरेको हो ।
आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग समेत उपलब्ध गराउने निर्णय गरिएको गुलरिया नगरपालिकाका नगरप्रवक्ता शुधांशु प्रकाश शर्माले जानकारी दिनुभयो । कात्तिक १७ गते राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निचुडको भुकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर पुनः ५ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको थियो ।
गुलरिया नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले गुलरिया नगरपालिका वडा नम्बर ८ मा रहेको पशु हाट बजारको न्यूनतम रु १० लाख राखी पटक पटक सूचना प्रकाशन गरेपनि सूचनाको म्यादमा कुनै पनि दरभाउपत्र पेश नभई ठेक्का वन्दोवस्तीबाट सो हाटबजार ठेक्कामा लगाउन नसकीएको जनाएको छ । नगरपालिकाले कार्यालयबाटै कार्मचारी खटाई हाटबजार शुल्क असुली गरीएकोमा श्रावण देखि कार्यालयबाट असुल गरिएको प्रति हाटबजारको अनुपात रकमलाई आधार मानी अर्को ठेक्का वन्दोवस्त नहुँदा सम्मका लागी गु.न.पा– ६ का सुन्दर विष्टले प्रति हाट बजार १२ हजार ७ सय बुझाउने गरि पटके कर असुली गर्न दिने निर्णय समेत कार्यपालिकाले गरेको शर्माले चुरेकुञ्जलाई जानकारी दिनुभयो ।
Facebook Comments