• २३ मंसिर २०८०, शनिवार
  • ११ °C काठमाडौं
बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको भूरिगाउँ–तेलपानी–ढाडबास बनपथ शिलान्यास

गुलरिया, कार्तिक १८ । संघीय बन तथा बातावरण मन्त्री डाक्टर बिरेन्द्र प्रसाद महतोले निकुञ्ज ऐन समस्याको रुपमा रहेको बताएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रपर्ने भूरिगाउँ–तेलपानी–ढाडबास सडकखण्ड अन्र्तगतको बनपथ औपचारिक कार्यक्रम मार्फत शिलान्यासका क्रममा शुक्रवार मन्त्री महतोले नयाँ निकुञ्ज ऐन नबन्दा बाधा उत्पन्न भएको बताए । 

पर्यटकहरुको गाडी सफारी लगायत निकुञ्जका पोस्ट्हरुसम्म पुग्न सहज हुने बनपथको शिलान्यास मन्त्रीले गरेका छन् । नयाँ निकुञ्ज ऐन बनाउन नसक्दा बिकासमा धेरै कठिनाई आई पर्ने उनको भनाई छ । ऐन नियमहरु परिमार्जन गर्नुपर्ने आवस्यकता रहेपनि बाध्यतावश पुरानै ऐन नियम प्रयोग गर्नु परेको बताउँदै ऐन कडा भएका कारण निकुञ्ज भित्र कुनै पनि निर्माणहरु हुन नसकेको प्रष्ट्याए । 

निकुञ्ज प्रति स्थानिय समुदायको अपनत्वको भावना टाढिँदै गएको आफ्नो महसुस बताउँदै उनले समुदायले अपनत्व नलिएसम्म सरकार कर्मचारीहरुले मात्र जति गरेपनि केही नहुने प्रष्ट्याए । ऐन कै कारणले भूरिगाउँ–तेलपानी–सुर्खेत सडक खण्ड निर्माण हुन नसकी अदालत सम्म पुगेको छ । मन्त्रीले शनिवार कृष्णसार संरक्षण क्षेत्र खैरापुर गुलरियाको अवलोकन भ्रमण गरेका छन् ।
बन तथा बाताबरण मन्त्री महतो ।

सम्बन्धित समाचार

Facebook Comments