• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
मेयरकप फूटवलको पहिलो खेलमा मधुवन विजयी  

हरि गुरुङ, मधुवन (बर्दिया), कार्तिक १८ । बर्दियाको मधुवन नगरपालिकाको आयोजनामा भएको प्रथम मधुवन बर्दिया जिल्ला अन्तरपालिका स्तरीय मेयरकप पुरुष तथा महिला फुटबल प्रतियोगिताको पुरुष तर्फ आयोजक मधुवन नगरपालिका विजय भएको छ । मधुवन नगरपालिका र राजापुर नगरपालिका विच भएको पहिलो खेलमा मधुवन नगरपालिकाले शुन्यका विरुद्ध २ गोल गरी विजयी भएको छ । 


आठै पालिकाका १५ वटा समूह सहभागी रहेको खेलमा पुरुषतर्फ ८ समूह तथा महिला तर्फ ७ समूह छन् । एक महिला समूह गुलरिया नगरपालिकाले सहभागी नजनाउने आयोजकले जानकारी दिएको छ । महिला तथा पुरुष फुटबल प्रतियोगिताको फाईनल कार्तिक २५ गते शनिबार हुनेछ । प्रतियोगितामा पुरुष प्रथम हुने पालिकाले १ लाख ११ हजार १ सय रुपैया सहित ट्रफी, प्रमाणपत्र र मेडल पाउने छ्न भने दोस्रो हुने पालिकाले ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, प्रमाणपत्र र मेडल पाउने छ । महिला फुटबल प्रतियोगितामा प्रथम हुने पालिकाले ७७ हजार ७ सय ७७ रुपैया, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छ्न भने दोस्रो हुने पालिकाले ३३ हजार ३ सय ३३ रुपैया, ट्रफी, प्रमाणपत्र र मेडल (कर कट्टी) गरी पाउने आयोजकले जानकारी दिएको छ । 

खेलको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश संसद तथा लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, विशिष्ट अतिथि पुर्व लुम्बिनी प्रदेश संसद कुल प्रसाद पोख्रेल, मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी लगायत राजनैतिक दलहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि तिमिल्सिनाले फुटबल चौरलाई ब्यवस्थित कबर्ड हल बनाउन आगामी बर्षको बजेट हाल्ने प्रतिबद्धता गर्नुभएको छ । समाजलाई समृद्धिशाली र अनुशासित बनाउनका खेलको महत्वपूर्ण भुमिका रहेकाले खेल जगतमा युवाहरूलाई सहभागी गराउन सक्यो भने कुलतमा लागेका युवाहरूलाई खेलकुदको माध्यमबाट सभ्य नागरिक जन्माउन सकिने विस्वास ब्यक्त गर्नुभयो । मधुवन नगर खेलकुद विकास समिति संयोजक तिलक बहादुर मल्लको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments