• २३ मंसिर २०८०, शनिवार
  • ११ °C काठमाडौं
बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु

हरि गुरुङ, मधुवन (बर्दिया), कार्तिक १७ । बाघको आक्रमणबाट मधुवनमा एक महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे बाख्रा चराउन चिरौटे सामुदायिक बनमा पुगेकी २८ बर्षिया गायत्री डाँगीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो ।


मृतकको शव भेटिएकोले पोस्टमार्टमको तयारी भएको सव डिभिजन बन कार्यालय सानोश्रीका सहायक बन अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो । खाता क्षेत्रमा बाघले पटक पटक जिउधनको क्षती पुर्याउँदै आएको छ ।

सम्बन्धित समाचार

Facebook Comments