• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
युक्रेनी सेनाद्वारा नियन्त्रित बर्दियाका खत्रीको उद्धार गर्न परिवारको माग 

केशव कोईराला, राजापुर (बर्दिया) । बर्दियाका एक युवालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ ।  राजापुर नगरपालिका वडा नम्बर १ मनपरीपुरका २३ वर्षीय विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो । 


उच्च शिक्षा अध्ययन गर्न २०७९ कार्तिक २ गते रुस गएका खत्री ९ महिना पछी १ बर्षे करार सैनिकका रुसी सेनामा भर्ती भएका थिए । दुई साता अघि मात्रै  खत्रीले आफु युक्रेनी सेनाको कव्जामा परेको भन्दै म्यासेज पठाएको उनका भाइ बिशाल खत्रीले बताए । भिडन्तका क्रममा युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि भएपछि उनको परिवार यतिवेला चिन्तीत बनेको छ । परिवार तथा आफन्तजनले उद्धार गरिदिन सरकारलाई आग्रह गरेका छन् । 


आफ्नो बेपत्ता छोराको अवस्था बुझी सरकारले यथासिघ्र घर फर्काउन उनका बुवा जयबहादुर खत्रीले माग गर्नु भएको छ । खत्री युक्रेनी सेनाको कव्जामा रहेको बारे जिल्ला प्रशासन कार्यलय बर्दिया, परराष्ट्र मंत्रालयमा समेत निवेदन दिइसकेको परिवारको भनाई छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले आफुकहाँ प्राप्त कागजातका आधारणमा परराष्ट्र मन्त्रालयमा लिखीत जानकारी गराइसकेको बताउनु भयो । 

सम्बन्धित समाचार

Facebook Comments