बर्दिया अस्पतालका ओपीडी बाहेकका सबै सेवा संचालनमा
विष्णु अधिकारी, गुलरिया (बर्दिया) । नेपालीहरुको महान चाडपर्वको समयमा पनि बर्दिया अस्पतालले दिने ओपिडि सेवा वाहेक अन्य सबै सेवाहरु पुर्ववत रुपमा संचालन हुने जनाएको छ । बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले नागरिकको सेवामा अस्पताल संवेदनशील रहेको बताउनु भएको छ ।
दशैको समयमा पनि अस्पतालबाट पाइने ल्याबसेवा, एक्सरे सेवाहरु फार्मेसी लगाएतका सेवाहरु २४ सै घण्टा संचालन गर्ने ब्यवस्था मिलाईएको छ । उहाँले भन्नुभयो चाडबाडको समयमा टीबी तथा एचआईभी संक्रमित विरामीहरुलाई एकहप्ताको थप औषधि दिएर पठाएका छौं । ओपिडीमा सेवा लिन आउने विरामीहरुले इमरजेन्सीमा गएर सेवा लिने व्यवस्था मिलाईएको छ । चाडपर्वको समयमा माछा, मासु, चिल्लो, पिरो, जस्ता खानपिनमा ध्यान दिन आवश्यक रहेको डा. पाण्डेले चुरेकुञ्ज मार्फत सुझाउनु भएको छ । चाडवाडको समयमा खानपिनमा मासु, सागपात, फलफुल तथा दुध, दहि जस्ता खानेकुराको समिश्रण प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।
चाडवाडका बेला चिल्लो पदार्थ तथा मासुको प्रयोग बढी हुँदा दिर्घकालिन असर नभएपनि तत्कालका लागि पेटमा समस्या हुने र प्रेसर सुगरका विरामीहरुलाई स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले खानपिनमा विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड छ । पोषिलो खानेकुरा, चिल्लो पदार्थको कम प्रयोग, रातो मासुको कम प्रयोग गरि सागपात र झोलिलो कुराहरुको बढि प्रयोग गर्नुपर्ने, चाडपर्वको समयमा यात्रा गर्दा पानिको प्रयोग बढि गर्ने अल्कोहलको प्रयोग नगर्न तथा यात्राको दौरानमा बजारमा पाइने तेलमा पाकेका खानेकुरा भरसक नखाई आफैले घरमा बनाएको खाना प्रयोग गरेमा यात्राको दौरानमा हुने स्वास्थ्य समस्याबाट टाढा रहन सकिने डा. पाण्डेले बताउनु भएको छ ।
Facebook Comments