बर्दियाको विकासमा सबै एकछौ : सांसद तिमिल्सिना
बर्दिया । बर्दियाको समग्र विकासका लागि जिल्लाको प्रतिनिधित्व गरेर लुम्बिनी प्रदेसमा पुगेका सबै माननीय सांसदहरु एकवद्ध रहेको लुम्बिनी प्रदेस सांसद एवम् नेपाली काँग्रेस प्रमुख सचेतक जन्मजय तिमल्सिनाले बताउनु भएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर ५ को बर्दिया गाउँमा थारु कलाकार मञ्चद्वारा आयोजित बृहत थारु पौराणीक लोकनृत्य प्रतियोगिताको शुभारम्भगर्दै नेता तिमिल्सिनाले सोकुरा बताउनु भएको हो ।
जिल्लाको बिकासका लागि बर्दियाको प्रतिनिधित्व गरेर प्रदेशमा रहेका माननीयहरु जिल्लाको विकासका लागि सदैव एक भएर लागिपरेको बताउँदै प्रदेस सरकारले बर्दिया जिल्लालाई आर्थिक उन्नतिको बाटोमा हिँडाउने प्रयासको सुरुवात भईसकेको प्रष्ट्याउनु भयो । लुम्बिनी प्रदेस माननीय भुवनेश्वर चौधरीले अबको समय विकासको समय भएकोले बर्दिया जिल्ला लुम्बिनीकै विकासको सम्वाहक जिल्ला बनेको बताउनुभयो ।
बर्दिया थारु बाहुल्यता भएको जिल्ला रहेकोले थारु संस्कृती र संस्कार लाई पर्यटन संग जोडेर अगाडि बढ्नु पर्ने सांसद राजकुमार थारुले बताउनु भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक मन्त्री धर्मबहादुर चौधरी, बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल चौधरी, उपप्रमुख रत्ना पाण्डेय लगायतको सहभागीता थियो ।
Facebook Comments