• २३ मंसिर २०८०, शनिवार
  • १० °C काठमाडौं
फूलबारी कप फूटवलमा ठाकुरबाबाको जीत

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भैरहेको प्रथम फूलबारी कप फूटवल प्रतियोगितामा ठाकुरबाबा बर्दियाले केएफसी बाँकेलाई पराजीत गरेको छ । फूटवल स्पर्धामा ४–३ गोल अन्तरले केएफसीलाई ठाकुरबाबाले पराजीत गरेको छ ।  

खेलको अन्तिम ३ मिनेटमा केएफसी बाँकेले १ गोल गरेपछि दुवै टीमको २/२ गोल बराबरी भएको थियो । टाई ब्रेकरमा ठाकुरबाबाले ४ गोल र केएफसीले ३ गोल गरेपछि ठाकुरबाबाले खेल जितेको फूलवारी युवा क्लवका अध्यक्ष आदर्श शर्माले जानकारी दिनुभएको छ । सामाजिक चेतना, स्वाभिमान, विकास र परिवर्तन हाम्रो पहिचान भन्ने नारासहित फूलवारी युवा क्लव गुलरियाको आयोजनामा असोज ४ गतेदेखि प्रतियोगिता शुरु गरिएको छ । 


खेलका लागि गुलरिया नगरपालिका वडा नम्बर १, ४, ५, ६, ८ र ११ ले आर्थिक सहयोग गरेको फूलबारी क्लवका अध्यक्ष शर्माले जानकारी दिनुभयो । खेलका लागि १४ वटा टीम दर्ता भएका छन् । दिउँसो २ बजेदेखि शुरु हुने खेल हेर्नका लागि खेलप्रेमी दर्शकको भिड लाग्ने गरेको छ । प्रतियोगितामा चुरेकुञ्ज डटकम मिडिया पार्टनर रहेको जनाईएको छ ।

सम्बन्धित समाचार

Facebook Comments