• २३ मंसिर २०८०, शनिवार
  • ९ °C काठमाडौं
नेपालगञ्जमा सद्भाव कायम गर्न काँग्रेस लुम्विनी प्रदेस संसदीय दलको अपिल

हरि गुरुङ, बर्दिया । बाँकेको नेपालगन्जमा भएको घटनाबारे नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक तथा माननीय संसद जन्मजय तिमिल्सिनाले अपिल गर्नुभएको छ । एक स्टेटमेन्ट जारीगर्दै संसद तिमिल्सिनाले सद्भाव कायम गर्न अपिल गर्नुभएको हो ।

विभिन्न जातजाती भाषा संस्कृती धर्मावलम्बीहरूको विविधता सहितको शहर नेपालगञ्ज भएको अपिलमा उल्लेख गरिएको छ । नेपालगञ्ज क्षेत्रमा हामी लामो समयदेखि फरक–फरक धार्मिक आस्था र फरक–फरक समुदायका मानिस मिलेर बसिरहेका छौं । नेपालगञ्जमा आम नागरिकको अगुवाइबाट सद्भाव सहितको एकता कायमहुँदै आएको छ । अपिलमा भनिएको छ, केही दिन यता नेपालगञ्जमा उत्पन्न असहज परिस्थितिले आमनागरिकको मनमा चोट पुगेको छ । नेपालगञ्जलाई शान्त र सद्भाव सहितको शहर कायम गर्न सम्पुर्ण नगरबासीहररूलाई संयमता अपनाउन नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेसले हार्दिक अनुरोध गरेको छ । कुनै पनि समुदायबाट नेपालगञ्ज क्षेत्रका बासिन्दाको सद्भावलाई खलबलाउन दिन नहुने उल्लेख छ ।

नेपालगञ्जमा उत्पन्न संवेदनशील परिस्थितिको फैलाइएका भ्रमहरूलाई समयमै चिरेर सद्भाव कायम गर्न सम्पूर्ण नगरबासी, राजनीतिक दल, संघसंस्था र संचारकर्मीहरूको एकता आवश्यक छ ।  नेपालगञ्जमा उत्पन्न परिस्थितिलाई आगामी दिनमा पनि समस्या आउन नदिन हरेक नागरिक सचेत हुन आवश्यक रहेको अपिलमा उल्लेख छ । नेपालगञ्ज बासीहरूलाई एकता, शान्ति र सद्भावका लागि नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेस हार्दिक अपिल गर्दछ । सम्पुर्ण धर्म र सम्प्रदायबीच सद्भाव कायम राख्नु आजको पहिलो आवश्यकता हो । राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, सञ्चार जगतलगायत सम्पुर्णलाई शान्ति र सद्भावका पक्षमा उभिन तिमिल्सिनाले अपिल गर्नु भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments