खेलकुद
-
तिलौराकोटदेखि लुम्बिनीसम्म अन्तर्राष्ट्रिय पीस म्याराथन
- बुधबार चैत २२ , २०७९
बुटवल । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारी लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन–२०२३ को आयोजना हुने भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै बिहीबार प्रतियोगिताको आयोजना गरिने जानकारी दिइएको हो । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित
-
अध्यक्ष कपको उपाधी चुमेको बढैयाताललाई पहिलो सफलता
- मंगलबार चैत १४ , २०७९
दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँपालिकाले पहिलो पटक पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । फाईनल खेलमा प्रतिस्पर्धी मधुबन लाई पराजित गर्दै आयोजक बढैयाताल पहिलो पटक उपाधि चुम्न सफल भएको हो । बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालय र कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको आयोजनामा सञ्चालन भएको बर्दिया जिल्ला अन्तर पालिका स्तरीय
-
बढैयाताल अध्यक्षकपको फाईनलमा आयोजक र मधुवन भिड्ने
- आइतबार चैत १२ , २०७९
दलबहादुर सुनार, बढैयाताल । कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा जारी चौथो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा मधुवन नगरपालिका र आयोजक बढैयाताल गाउँपालिका फाईनलमा प्रबेश गरेका छन् । मयुर यूवा क्लबको खेल मैदानमा शुक्रवार र शनिवार भएको खेलमा मधुवन नगर पालिकाले बाँसगढी नगरपालिका लाई ३—० गोल अन्तर र
-
भारतमा सम्पन्न खोखो खेलमा नेपाली टोलीले रचे ईतिहास
- शुक्रबार चैत १० , २०७९
भिमा कंडेल, बर्दिया । नेपाली खोखो टिमले नेपाललाई विश्वसामु चिनाउन महत्वपुर्ण भुमिका खेलेको छ । भारतको आसाममा चलिरहेको बिहिबारको चौथो एसियन खो–खो च्याम्पियनसिपमा पुरुष र महिला तर्फको फाइलन खेलमा नेपाली टोलीले जित हासिल गरेको छ । चौथो एसियन खोखो च्याम्पियनसिप खेलमा नेपाल, ईन्डिया, साउथकोरिया, इरान, इन्डोनेसिया, भुटान, बाङ्ग्लादेश, श्रीलंका, मलेसिया लगायतका देश खेलमा सहभागि थिए
-
बढैयातालमा पालिका स्तरिय अध्यक्ष कप फूटबल प्रतियोगिता
- आइतबार चैत ५ , २०७९
दलबहादुर सुनार, बढैयाताल (बर्दिया) । बर्दिया जिल्ला पालिकास्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिता ०७९ बढैयातालमा शुरु भएको छ । लुम्बिनी प्रदेश सदस्य भुवनेश्वर थारुको प्रमुख आतिथ्यता तथा बढैयाताल गाउँपालिका वडा न. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा शनिवार खेलको उद्धघाटन भएको हो । कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र र बढैयाताल गाउँपालिका ८ नम्बर वडा कार्यालयको
-
बढैयाताल अध्यक्ष कप फूटबलको तयारी अन्तिम चरणमा
- शनिबार फाल्गुण १३ , २०७९
दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँपालिका अध्यक्ष कप फूटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । चौथो बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारीको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । बढैयाताल गाउँ पालिका र वडा नम्बर ८ कार्यालयको सहयोग तथा कालिका सामुदायिक पुस्तकालय, गाउँपालिका ८ नं. वडा कार्यालयको संयुक्त आयोजनामा प्रतियोगीता आयोजना
-
राष्ट्रपति रनिङशिल्ड गुलरियाको उपाधी जनज्योतिले चुम्यो
- सोमबार फाल्गुण १ , २०७९
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप प्रतियोगितामा माध्यमिक तथा निम्न माध्यमिक विद्यालय तर्फको उपाधी जनज्योति सेकेन्ड्री स्कूलले हात पारेको छ । मावि तर्फ १७ स्वर्ण र निमावी तर्फ ३ स्वर्ण पटक प्राप्त गरी खेलमा उत्कृष्ट प्रर्दशन गरेको हो । मावि तर्फ जनज्योतिले १७ स्वर्ण, ५ रजत, २
-
मैना बहुरिया कपको उपाधी बढैयाताल ८ नम्बर वडाले जित्यो
- आइतबार माघ २९ , २०७९
दलबहादुर सुनार, बढैयाताल । बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरमा जारी मैना बहुरिया कप फुटवल प्रतियोगिताको बिजेता वडा नं ८ बनेको छ । बढैयाताल वडा नं (८) बि र वडा नं ६ (क) बिच सम्पन्न फाईनल खेलमा वडा न. ६ लाई १–० गोल अन्तरले पछिपार्दै वडा नं ८ ले प्रतियोगितामा जित हात पारेको छ ।
-
गुलरियामा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु (तस्विर)
- बिहिबार माघ २६ , २०७९
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिकाको आयोजनामा बिहिबारदेखि गुलरियाको कभर्ड हलमा गुलरिया नगरपालिका स्तरिय चौथो राष्ट्रपति रनिंग शिल्ड तथा तेस्रो मेयरकप खेलकुद प्रतियोगिता शुरु भएको छ । संघीय सांसद एवम् पूर्व सिंचाई मन्त्री संजय कुमार गौतमले पानसमा दीयो बाली प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । नगरका आधारभुत, निमावि, मावि, गरी ५४ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी जनाएका
-
बाँसगढी रनिङ्ग शिल्डको उपाधी नेपाल राष्ट्रिय माविले चुम्यो
- बुधबार माघ २५ , २०७९
विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढीमा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको माध्यमिक विद्यालय तर्फको उपाधी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुर र आधारभुत विद्यालय तर्फ नेरा मावि बाँसगढीले हात पारेको छ । बाँसगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विभिन्न विद्याका खेलहरुमा प्रतिस्पर्धा गराईएको थियो । मावि तर्फ नेरा मावि लक्ष्मणपुरले १७ स्वर्ण, ८ रजत