fbpx

स्वास्थ्य

  • महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा रर्याली

    चुरेकुञ्ज, गुलरिया । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बर्दिया सदरमुकाम गुलरियामा सचेतना रर्यालीगर्दै अन्र्तक्रिया गरिएको छ । गुलरिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरिएको हो । गुलरिया नगरपालिका कार्यालय स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका, समुदाय प्रहरी साझेदारी कार्यक्रम, संघसंस्था लगायत सरोकारवालाहरुको सहभागीतामा निकालिएको र्यालीले गुलरिया बजार परिक्रमा गरी नगर भवनमा अन्र्तक्रिया गरिएको

  • गेरुवा गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला

    मिन अधिकारी, राजापुर । बर्दियाको गेरुवा गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ६ मा रहेको श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय नाउँ ६ प्रसेनीमा भव्य कार्यक्रमका साथ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला गरिएको छ । यौनजन्य समस्यालाई खुलेर राख्न सक्ने बनाउने उद्देश्यका साथ विद्यालयमा कार्यक्रम गरिएको

  • राजापुरको प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक बिहिन

    मिन अधिकारी, राजापुर । बर्दियाको राजापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका डाक्टर आलोक झा अध्ययनका लागिभन्दै बिदा लिएपछि राजापुरको एकमात्र स्वास्थ्य केन्द्र चिकित्सक विहिन भएको छ । अस्पतालको हकहितका लागि छलफलमा बस्न चाहेपनि स्थानीय सरकारले वेवास्ता गरेको र केहीदिन अघि कर्मचारी बिच भएको मनमुटावका कारणले गर्दा आफु

  • सरुवा रोगबाट बच्न शौचालयको उचित प्रयोग गर्न आग्रह

    भिमा कंडेल, बर्दिया । पुर्ण सरसफाई यूक्त पालिकाको अभियान आ–आफ्नै पहलमा हात धुने स्थान भन्ने मूला नारासहित भदौ ५ गतेदेखि ठाकुरबाबा नगरपालिकामा शुरु गरीएको पुर्ण हात धुने अभियानलाई सफल बनाउन शौचालय दिवस मनाईएको छ । गेरुवा ग्रामिण जागरण संघको आयोजनामा कार्यक्रम गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेशसभा र्निबाचनको आचार सहिताको कारण मंसिर ३ गतेको

  • खोप सेवा लिन आउने बालवालिकालाई बालमैत्री कक्ष

    विष्णु अधिकारी, बर्दिया । झट्ट हेर्दा बिद्यालयमा खोलिएको बालबिकास कक्ष जस्तो देखिने बालमैत्री कक्ष बिद्यालयमा खोलिएको भने होईनन् । त्यस्ता कक्षहरु बर्दियाको विभिन्न स्वास्थ्य चौकिमा पनि स्थापना गरिएको छ । वालवालिकाको सपना परियोजना अन्र्तगत स्वास्थ्य चौकिमा खोप सेवा लगायत अन्य सेवा लिनका लागि आउने वालवालिकालाई मध्यनजर राख्दै वालमैत्री कक्ष स्थापना गरिएको उत्प्रेरणा कुना हो ।

  • श्रमऐन बिपरित स्वास्थ्यकर्मीलाई ड्युटी

    यादव आचार्य, गुलरिया । राष्ट्रिय समावेशी आयोगले नेपालका स्वास्थ्य संस्थामा कामगर्ने स्वास्थ्यकर्मीहरुको कार्य समय श्रम ऐन ०७४ ले तोकेको भन्दा धेरै देखिएकोभन्दै ध्यानाकर्षण गरेको छ । दैनिक १२ घण्टा भन्दा बढी काममा नलगाउने ब्यवस्था तुरुन्त मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचारगर्दै मापदण्ड अनुसार काम गराउन अनुरोध गरेको छ । आयोगको भदौ २ गते बसेको बैठकले

  • बाँसगढी नगरपालिकामा रहेका लामखुट्टे नष्ट गरिदै

    विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाको वाड वाडमा डेंगु लगायतका किट जन्य रोगहरुको नियन्त्रणकालागी लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान सञ्चान गरेको छ । देश व्यापी रुपमा देखा परेको डेंगु रोगको प्रवाह रोक्न नगरपालिकाको प्रत्येक वार्डमा सो अभियान थालिएको हो । अभियान अन्तरर्गत बाँसगढी नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ६ को विभिन्न

  • बाढी प्रभावित क्षेत्र राजापुरमा नेपाली सेनाको स्वास्थ्य शिविर

    चुरेकुञ्ज, गुलरिया । कर्णाली नदीको बाढीबाट प्रभावित बर्दिया राजापुर क्षेत्रका स्थानियहरुको नेपाली सेनाले शिविर मार्फत स्वास्थ्य चेकजाँच गरेको छ । राजापुर नगरपालिका तथा नेपाली सेनाको संयुक्त आयोजित शिविरमा बाढी प्रभावित समुदायहरुले स्वास्थ्य चेकअप, परामर्श, ल्याव, एक्सरे, ईसीजी, औषधीय लगायतका सेवा निःशुल्क लिएका छन् । ‘राजापुर नगरपालिका वडा नम्वर ४ स्थित अमर शहीद दशरथ चन्द माध्यमिक

  • बाँसगढीको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन

    विन्दु चौधरी, बाँसगढी । बर्दियाको बासँगढीमा विहिवार रक्त संकलन गरिएको छ । रक्तदान कार्यक्रम मार्फत ७१ पिन्ट रगत संकलन गरिएको हो । बाँसगढीमा आयोजित रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । नेपाल स्वयमसेवि रक्तदान समाज उपशाखा बाँसगढी र लायन्स क्लव अफ बर्दिया बासँगढीको सयूक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको नेपाल स्वंयमसेवि रक्तदान समाज उपशाखा

  • ‘विकास प्रेमी युवाद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रक्त संकलन‘

    मुरली गोडिया, गुलरिया । संविधान दिवसको अवसरमा गुलरियामा अयोजित बृहत रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गर्नु भएको छ । विकास प्रेमी युवा समूह गुलरिया नगर कमिटीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र युथ ब्लड डोनर्स, गुलरियाको समन्वयमा सोमबार बृहत रक्तदान कार्यक्रम गरिएको थियो । संविधान दिवसका अवसरमा बर्दियाको गुलरियामा भएको बृहत रक्तदान कार्यक्रम विभिन्न क्षेत्रमा