fbpx

अर्थ

  • उद्योग दिवसका अवसरमा बर्दियाका उद्योग व्यसायी सम्मानित

    चुरेकुञ्ज, गुलरिया । उद्योग दिवसका अवसरमा बर्दियाका उद्योग ब्यवसायीहरु सम्मानित भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय बर्दियाद्वारा आयोजित कार्यक्रममा विभिन्न जिल्लामा उद्योगका माध्यमबाट सहयोग पुर्याउने उद्योगीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वर्मा ईटा उद्योग गुलरियाका मनोज कुमार वर्मा, प्रगती ईलेक्ट्रिकल मर्मत केन्द्र बारबर्दियाका नमराज पौडेल, जय गणेश ब्लक तथा कंक्रिट

  • नेपाल भित्रिएको भारतीय अबैध माछा नियन्त्रणमा लिई नष्ट गरियो

    दलबहादुर सुनार, बढैयाताल । बढैयातालका मत्स्यपालक किसानले भारतीय अबैध भारतीय माछा नियन्त्रणमा लिएका छन् । भे १ प ८५१३ नम्बरको मोटर साईकलमा लोड गरी भारतबाट नेपाल भित्र्याईएको भारतीय बैखा जातको माछा नियन्त्रणमा लिएका हुन् । अन्दाजी ८० के.जी. माछा बढैयाताल गाउँ पालिका ८ स्थित मुनालबस्तिबाट बिहिवार नियन्त्रणमा लिई नष्ट गरिएको छ । बढैयातालका मत्स्य पालक

  • निर्वाचनलाई लक्षितगर्दै मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध

    हरिवंश पाण्डे, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले आसन्न प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजरगर्दै हुन सक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्न मंसिर २ गते शुक्रबार देखि ४ गते आइतबार सम्म जिल्ला भर सार्वजनिक स्थलमा मादपदार्थ सेवन तथा विक्री वितरणमा रोक लगाएको छ । प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै तिन दिनका लागि मदिरा सेवन र

  • बर्दियाको नमस्ते सहकारी प्रकरणप्रति उम्मेदवारको चाँसो

    विष्णु अधिकारी, बर्दिया । चुनाव नजिकिए संगै दलहरुले बर्दियामा चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । जनताको मनजित्न उम्मेदवारहरु घरदैलोमा मतमाग्दै हिडिरहेका छन् । यसैक्रममा बर्दियाको गुलरियामा संचालित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक वेपत्ता भएपछि सानाठुला व्यापारीहरुको करोडौं रकम डुब्ने देखिएपछि ब्यवसायीहरु चिन्तामा छन् । अध्यक्ष र प्रबन्धक सम्पर्क विहिन भएपछि

  • बाँसगढीका किसानलाई उन्नत जातको गहुँको विउ वितरण

    विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाले नगर भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण शुरु गरेको छ । किसानहरुलाइ उन्नत जातको गहुँको बिउ वितरण कार्य शुरु गरिएको हो । कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी कृषिको उत्पादकत्व बढाउन नगरपालिकाले अनुदानमा विऊ वितरणको शुरुवात गरेको बाँसगढी नगरपालिकाका कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिनुभयो

  • नमस्ते सहकारीको कार्यालय संचालन गरी ऋण असुली गरिने

    हरिवंश पाण्डे, बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वार्ड नम्वर ६ स्थित जिल्ला प्रहरी कार्यालय नजिकै केन्द्रीय कार्यालय रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र व्यवस्थापक सम्पर्क विहिन भएका छन् । अध्यक्ष नगेन्द्र बहादुर रिमाल र व्यवस्थापक संजीव कुमार महतो विगत केही दिन देखि सम्पर्क विहिन भएका हुन । अध्यक्ष र व्यवस्थापक सम्पर्क

  • तिहारको मुखमा राहत पाउँदा गुलरियाका बाढी पिडीत खुशी

    चुरेकुञ्ज, गुलरिया । तिहारको मुखमा राहत पाउँदा गुलरिया नगरपालिका अन्र्तगतका बाढीपिडितहरु खुशी भएका छन् । असोज अन्तिम साता आएको अविरल बर्षाका कारण पिडित बनेका उनीहरु चाडपर्वको मुखैमा राहत बुझ्न पाउँदा हर्षित भएका हुन् । तिहार अघि गरिएको राहत वितरणले बाढी तथा डुवानमा रहेका घरपरिवारले तिहारमा खुसियालि ल्याइदियको प्रतिकृया दिएको कमैया महिला जागरण समाज नेपालका परियोजना

  • ढाड सेक्ने कर्जाको बिरोध

    यादव आचार्य, गुलरिया । नेपाल राष्ट्र वैंकले घोषणा गरेको नयाँ ब्याजदरका बिरुद्ध बर्दियाका उद्योगी, ब्यवसायीहरु सडकमै उत्रिए । ब्यवसायीहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा निर्धारण गरिएको कर्जा ब्याजदर तुरुन्त खारेज गर्न मागगर्दै जिल्ला स्थित सबै पालिकाका ब्यापार ब्यवसायीहरुले सदरमुकाम गुलरियामा बिरोध प्रर्दशन गरेका छन् । बर्दियाका ८ वटै स्थानिय पालिकाका उद्योग बाणिज्य संघ सम्मिलित जिल्ला

  • यातायातकर्मीहरुलाई मानव बेचविखनका बारेमा सचेतना

    चुरेकुञ्ज, गुलरिया । माइती नेपाल बर्दियाले गुलरियाका यातायातकर्मीहरुलाई मानव बेचविखनका बारेमा सचेत पारको छ । फ्रिअगर्लको सहयोगमा मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध माईती नेपालले अभिमुखीकरण गराइएको हो । बर्दिया कृष्णसार प्रालीका नयन सिहं वली लगाएत कर्मचारी र चालकहरुको उपस्थितीमा मानब बेचबिखनको बर्तमान अबस्था, बेचबिखनका कारणहरु, दलालले अपनाउने तौरतरिका, संम्भावित स्थानहरु, मानब बेचबिखनका प्रयोजनहरु, कानुनी ब्यबस्था

  • बिस्वासिलो सहकारी मधुवनको पारिजात सेवा केन्द्रमा चोरी

    चुरेकुञ्ज, गुलरिया । मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा स्थित विश्वासिलो बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको पारिजात सेवा केन्द्रमा चोरी भएको छ । सुर्यपटुवामा रहेको शाखा कार्यालयको सेफ फोडेर पैसा चोरिएको हो । विश्वासिलो बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको पारिजात सेवा केन्द्रबाट सेफ फोडी करिब ५ लाख रुपैया चोरी भएको जनाईएको छ ।