fbpx

योग दिवसको अवसरमा बर्दियामा भर्चुअल योगाभ्यास

योग दिवसको अवसरमा बर्दियामा भर्चुअल योगाभ्यास


तारा वहादुर सुनार, बर्दिया । सातौ अन्तरािष्ट्रय योग दिवसको अवसर पारेर बर्दियामा भर्चुअल योग अभ्यास गरिएको छ । “स्वास्थ्यको लागि योग” भन्ने मुल सन्देश प्रवाह गर्न शिक्षा मन्त्रालयको निर्देशन अनुसार कोरोना महामारीको वीचमा योगको अभ्यास गरिएको हो ।

अभ्यासमा सम्पुर्ण योग प्रेमी, संघसंस्था, आयुरर्वेद अस्पतालको सहभागीतामा जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै भर्चुअल माध्यमबाट योगाभ्यास गरिएको छ । कार्यक्रममा योग प्रशिक्षक लोकराज पाण्डेले मानिसलाई स्वस्थ्य रहन विभिन्न जनचेतनामुलक योगाभ्यासहरु गराउनु भएको थियो ।

जिल्ला समारोह समिती बर्दियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभाअध्यक्ष रहनु भएका प्रमुख जिल्ला अधिकारी सन्त वहादुर सुनारले योग अभ्यासले मानिसको जीवन जिउने शैलिलाई सहज वनाउने भएकोले सवै मानिसहरुले दिनहुँ योग गर्नुपर्ने वताउतु भयो । त्यस्तै योगाभ्यासले मानिसमा रहेको चंचलपन र वैराग्यतालाई नियन्त्रण गरि शारिरिक प्रतिरक्षात्कमक शक्तिको वृद्धि गर्न मद्धत पुग्ने बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.कलावती विश्वकर्माले वताउनु भयो ।

योग केहो, कहिलेदेखि गर्न थालियो

संसारभरी लोकप्रिय भएको योग शव्द कर्मयोग, ज्ञान योग, ध्यानयोग अनेक रुपमा हिन्दू, वौद्ध, जैन संस्कृतिमा व्यवहार भइरहेको शव्द हो । योगको सोझो अर्थ जो्ड्नु हो । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्वन्धित गर्न सक्छ । शारिरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य आदीको केन्द्रमा गरिने सम्वन्ध नै योगको रुपमा वुझिन्छ । यसर्थ आत्मालाई परमात्मा संग जोड्न सकिन्छ त्यो नै योग हो । जसद्धारा चित्त मनको बृत्ति चन्चलता विकृतिलाई नियन्त्रण गर्न सकिन्छ ।

स्वस्थ समाज, स्वस्थ्य तथा समृद्ध राष्ट्र निर्माणमा यसको आवस्यकतालाई अनुभुति गरी योगको पुनरजागरण गर्न दिवसको घोषणा गरी जनचेतना जगाउनको लागि सुरु गरिएको हो । नेपालमा वि.स. २०३६ साल देखी उत्तराएण सुरु हुने दिन अर्थात माघ १ गते नेपालमा डा. हरिप्रसाद पोख्र्रेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाहरुको सहभागीतामा योग दिवस मनाउन थालिएको हो ।

वि.सं २०७२ साल साउन २८ गते वसेको मत्रिपरिषदको वैठकद्धारा माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरी सो को संयोजनको जिम्मा शिक्षा मन्त्रालयलाई दिइएको थियो । यसै सन्दर्भमा हाल सम्म छैठौ राष्ट्रिय योग दिवस मनाइएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९ महासभामा अन्तराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव पेश गरेका थिए । जसमा १७७ देशको समर्थन प्राप्त भई सन् २०१६ देखी जुन २१ तारिखका दिन विश्वस्तरमा अन्तराष्ट्रिय योग दिवस मनाउदै आइएको छ ।

तपाइको मत