fbpx

सीमा सुरक्षामा त्रिपालकै भर

सीमा सुरक्षामा त्रिपालकै भर

यादव आचार्य, गुलरिया । कोभिड महामारीका बेला सीमानामा हुने अवैध मानविय आवतजावत रोक्न खटिएका शसस्त्र प्रहरीहरु त्रिपालकै भरमा सीमा सुरक्षा गर्न बाध्यछन् । बर्षादको मौसम नजिकिंदै गर्दा हिलो, हावाहुरी, सर्प, लगायत हिंस्रक बन्यजन्तुसँग सामानागर्दै सीमा रक्षकहरु त्रिपालकै जोखिमका विच सेवा दिईरहेका छन् ।

बर्दियाको ८३ किलोमिटर सीमाना क्षेत्र खुला छ । खुला सिमाना भएकै कारण सीमा शील नभएको अवस्थामा मानविय ओहोर दोहोर अत्यधिक हुने गर्छ । सीमावर्ती स्थानियहरु किनमेल, औषधीउपचार लगायत पारिवारिक सम्वन्धका कारण आवत जावत गर्ने गर्छन् । कोभिड नियन्त्रणलाई लक्षितगर्दै सीमा शील गरिएका कारण मानविय ओहोर दोहोर हुन छाडेको शसस्त्र प्रहरी बल नेपाल नम्वर ३१ गण हेडक्वाटर बर्दियाका शसस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले बताए ।

बर्दियातर्फको सीमावर्ती क्षेत्रमा जमुनी, कण्ठपुर, कट्टी, कालाबञ्जर, धर्मवस्ती, भग्रैया, धनौरा, राजापुरमा गरी ८ ओटा स्थायी वीओपी मार्फत सुरक्षा दिईदै आएका छौं । अस्थायी रुपमा ७ ओटा फरवार्ड वेश ब्यवस्थित रुपमा संचालनमा छन् । उनले भने ६ ओटा ओटा अस्थायी पोष्टहरु त्रिपालको भरमा छन् । एउटा हाईपोष्ट खडा गरेका छौं । पहिलो चरणमा ८ ओटा वीओपी स्थापना भैसकेको छ । दोस्रो चरणमा वीओपी राख्नको लागि स्विकृत भैसकेको छ तर संख्या यकिन भएको छैन । हाम्रो सीमानामा २९ ओटा वीओपी आवस्यक पर्ने भएकाले सोही अनुरुप माग गरेका छौं ।

केही अस्थायी पोष्टहरु त्रिपालमा चलाउनु परेको छ । त्यस्ता पोस्ट भएका एरियाहरु जंगल क्षेत्रमा पर्ने भएकाले पनि समस्या परेको हो । एसपी रावतले थपे पानी, हावाहुरीको समस्या त छँदैछ । सर्प, हात्ती, बाघ लगायतका जंगली जनावरहरुले पनि सुरक्षाकर्मीलाई त्रास दिईरहेका हुन्छन् । हामीले त्रिपाल पटक पटक फेर्छौ हावाहुरीले च्यातीदिन्छ । च्यातिएका त्रिपालहरु पानीपर्दा चुहिन्छन् । त्रिपाल त त्रिपालै हो । जति फेरेपनि उस्तै । तर पक्की पोस्ट भैदिए सुरक्षाकर्मी अन्य समस्या र त्रासबाट मुक्त हुनेथिए ।

जंगल क्षेत्रका सीमानामा ड्युटी दिने शसस्त्र प्रहरीका लागि फलामको विट बनाए सुरक्षित हुने सीमावर्ती श्रीमथुराहरिद्वार आधारभुत विद्यालय मद्राजपुरका प्रधानाध्यापक सुदन घिमिरेले बताए । सीमा सुरक्षामा त्रिपालमा खटिएका सुरक्षाकर्मीलाई बस्न मिल्ने वेञ्चहरु सहित सुरक्षित ओतिने ठाउँ आवस्यक देखिन्छ । बर्षादको समय छ । जंगल नजिकै रहेका पोष्टहरुमा बाढी लगायत बन्यजन्तुहरुको चुनौती पनि उत्तिकै छ । त्रिपालहरु विस्थापितगर्दै सुरक्षित पोष्ट बनाउन सबैले पहलगर्नु पर्ने प्रअ घिमिरेको भनाई छ ।

साभार : अन्नपूर्ण पोस्ट्बाट ।

तपाइको मत