fbpx

राजापुर नगरपालिकाको सातौं नगर सभा शुरु

राजापुर नगरपालिकाको सातौं नगर सभा शुरु

मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकाको नगर सभा सुरु भएको भएको छ । कृषि, पर्यटन, उद्योग, भौतिक पूर्वाधार, समावेशी र समृद्ध राजापुरको मूल आधार भन्ने नाराका साथ आईतवारदेखि सातौ नगर सभा सुरु भएको छ ।

आगामी आर्थिक बर्ष ०७८÷०७९ मा राजापुर नगरपालिकाले प्राथमिकतामा राखेको र सम्पन्न गर्ने नीति तथा कार्यक्रमको नगर उपप्रमुख मनकला कुमारी चौधरीले सभामा प्रस्तुत गर्नु भएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालाई विशेष जोड दिइएको छ ।

नीति तथा कार्यक्रममा नगर प्रमुख युवा उद्यमी कृषि प्रर्वद्धन कार्यक्रम, एक वडा एक हाट बजार,, एक वडा एक उत्पादन, एक वडा एक कृषि तथा पशु प्राविधिक, एक वडा एक विषयगत सहकारी संस्था, एक घर दुइ विरुवा, फोहर बाट मोहर, विकाससँग वडघर, एक नगरपालिका एक रङ्गशाला, एक वडा एक खेल मैदान, हजार दिने आमासँग उपप्रमुख कार्यक्रम, आमा बचाउँ छोरी हुर्काउ कार्यक्रम, जनतासँग मेयर, जनताका जनप्रतिनिधि जनताकै घर दैलोमा, गाउँ सहर उज्यालो लगायतका २ सय ३५ वटा महत्वपूर्ण कार्यक्रम सहित आगामी बजेट सार्वजनिक गरिएको छ ।

राजापुर नगरपालिकाको सभाहलमा आयोजित सातौ नगर सभामा बोल्दैे सभाअध्यक्ष तथा राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले सोमवार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमका वारेमा छलफल गरिने वताउनु भएको छ ।

राजापुर नगरपालिकाका नगर प्रमुखको अध्यक्षतामा शुरु गरिएको नीति तथा कार्यक्रममा नगरपालिका नगर उपप्रमुख मनकला कुमारी चौधरी प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, १० वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्यहरु तथा सदस्यहरु, विभिन्न समिति तथा उपसमिति, शाखाका पदाधिकारीहरु, पत्रकारको उपस्थिति रहेको थियो । नीति तथा कार्यक्रमको रेडियो साथी एफएम राजापुरले प्रत्यक्ष प्रशारण गरेको थियो ।

तपाइको मत