गुलरियामा मिनि मार्केट खुल्यो, एकै थलोबाट सामान किनबेच
- आइतबार असार ६ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दिया सदरमुकाम गुलरियामा मिनि मार्केट संचालनमा आएको छ । बिजया गेष्ट हाउसको सामुन्नेमा मिनी मार्ट खोलिएपछि हरियो तरकारी लगायत दैनिक उपभोग्य सामान एउटै छानामुनी पाईने भएको छ ।
उद्योग बाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको ब्यवसायीक मार्टमा दैनिक उपभोग्य सामाग्रीहरु एकै थलो र सुपथ मुल्यमा पाईने छ । ब्यवसायमा नयाँपन दिएर संचालनमा ल्याएको मार्टले ग्राहकको मन जित्न सफल हुने अध्यक्ष पाण्डेले बताए । ब्यवसायको प्रर्बद्धनका लागि संघ मार्फत जस्तोसुकै कदम चाल्न पनि आफू तयार हुने उनले विस्वास दिलाए ।
कस्मेटिक, खाद्यान्न, तरकारी, गेडागुडी लगायत पेय पदार्थहरु उपलब्ध रहेको हाम्रो किनमेल सेन्टर एण्ड सप्तायर्स (मिनि मार्ट) का संचालक रमेश कुँवरले बताए । हाम्रो मार्टको एकै थलोबाट ग्राहकले सुलभ तरिकाबाट रोजेको सामान खरिद गर्न सक्नुहुन्छ । उनले भने केही समय पछि लेडिज, घरायसी किचन सामाग्री लगायत नन फूड गुड्स पनि मार्टमा विक्रीका लागि राख्छौ । संचालनमा ल्याईएको मार्टबाट ग्राहकको समयको बचत हुने उनको भनाई छ ।