हात्ती आक्रमणमा मृतकका परिवारलाई किरिया खर्च
- शनिबार असार ५ , २०७८
हरिवंश पाण्डे, ठाकुरबाबा । गत शुक्रबार जंगली हात्तिको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत बाँसगढि नगरपालका वार्ड नं. ८ भैसासुर बस्ने ७८ वर्षका एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरेन्द्र सापकोटा रहेको निकुञ्जले जनाएको छ । उनका परिवारलाई समबेदना प्रकट गदै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले किरिया खर्च बापत ५० हजार रुपैया हस्तान्तरण गरेका हुन् ।