बन्यजन्तुबाट ज्यान गुमाउनेका वालवालिकालाई छात्रबृत्ति
- शनिबार असार ५ , २०७८
हरिवंश पाण्डे, ठाकुरबाबा । बर्दिया राष्ट्रिय निकुञ्ज र महिला वातावरण उपसमिती ठाकुरद्धाराले मध्यवर्तीक्षेत्र भित्र बसोबास गर्ने निकुञ्जका बन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारका बालबालिकाहरुलाइ छात्रवृत्ति वितरण गरेको छ ।
बाँके बर्दिया र सुर्खेत जिल्लाका ८ वटा पालिका अन्तरगत विभिन्न विद्यालयमा अध्यनरत बन्जन्तुबाट ज्यान गुमाएका परिवारका करिब ५० जना विद्यार्थी बालबालिकालाई बर्दिया राष्ट्रिय निकुञ्जको तर्फ बाट जनही रु २० हजारका दरले २४ जनालाई रु ४ लाख ८० हजार र महिला वातावरण उप समितिको तर्फ बाट जनहि रु ४ हजारका दरले ५० जनालाई जम्मा २ लाख गरी कुल रु ६ लाख ८० हजार रुपैया छात्रवृत्ति वितरण गरिएको महिला वातावरण उप समितिका अध्यक्ष सावित्रा थापाले जानकारी दिनु भयो ।
बाकेको बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढि नगरपालिकाका, बारबर्दिया नगरपालकाका, गेरुवा गाउपालिकाका र सुर्खेत जिल्ला मध्यवर्ती क्षेत्र अन्तरगतका पालिकामा छात्रवृत्ति वितरण गरिएको थापाले जानकारी दिनुभयो । कोभिडको विषम परिस्थितीमा स्वास्थ्यका मापदण्ड पालना गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठ, महिला वातावरण उपसमितिका अध्यक्ष सावित्रा थापा, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निलकण्ठ कडेल सहितको टोलीले बालबालिकाको घरदैलोमा पुगी छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन् ।
छात्रवृत्ति वितरण गर्ने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले मध्यवर्ती क्षेत्र भित्रका स्थानियको संरक्षण प्रतिको लगावलाई उच्च सम्मान गर्दै बालबालिका हरुको संरक्षण प्रति रुचि जगाउन र थोरै भए पनी आर्थिक सहयोग पुग्ने उदेश्यले विगत वर्षमा झै यसवर्ष पनि छात्रबृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको बताउनु भयो ।
छात्रवृत्ति रकममा बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, डब्लु डब्लु एफ, राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लु डब्लु एफ यु यस बोड सदस्य सिंगल्टन रणकिनको सहयोग रहेको अध्यक्ष थापाको भनाई छ ।