fbpx

उत्कृष्ट कार्य गरे बापत तिन प्रहरी कर्मचारी पुरस्कृत

उत्कृष्ट कार्य गरे बापत तिन प्रहरी कर्मचारी पुरस्कृत

चुरेकुञ्ज । बर्दियामा उत्कृष्ट कार्य गर्ने तिन प्रहरी पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाको मातहत प्रहरी ईकाईहरु मध्ये त्रैमासिक मुल्यांकनका आधारमा उनीहरु पुरस्कृत भएका हुन् ।

जनसम्पर्कका साथ प्रहरी सेवा प्रदान गरी समाजमा प्रहरीको छवी उच्च बनाउन योगदान गरेका ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रहरी नायव उपरिक्षक मिन बहादुर घले, भौतिक पूर्वाधार निर्माण तथा संस्थागत सुधारमा उत्कृष्ट कार्य गरे बापत ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक धर्मराज जोशी र सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा उत्कृष्ट कार्य गरेबापत प्रहरी चौकी कालिकाका प्रहरी सहायक निरिक्षक सन्त बहादुर पाललाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए ।

तपाइको मत