fbpx

गन्धर्व परिवारलाई प्रहरीको स्वास्थ्य सुरक्षा सामाग्री

गन्धर्व परिवारलाई प्रहरीको स्वास्थ्य सुरक्षा सामाग्री

चुरेकुञ्ज । कोभिड १९ संक्रमणको जोखिम न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय बर्दियाले गन्धर्व परिवारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । बढैयाताल गाउँपालिका वडा नम्वर ४ स्थित गन्धर्व वस्तीमा बसोबास गरेका गन्धर्व परिवारलाई बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले सामूहिक रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

गन्धर्व बस्तीमा ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए । उनीहरुलाई मास्क, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराईएको हो । कोभिडका बेला भिडभाड नहोस् भन्ने उद्देश्यले गन्धर्व समाज बर्दियाका अध्यक्ष दिलिप गन्धर्वलाई सामूहिक रुपमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको एसपी कार्कीले प्रष्ट्याए ।

तपाइको मत