fbpx

चैते धानलाई सिंचाई ब्यवस्थापनमा समस्या

चैते धानलाई सिंचाई ब्यवस्थापनमा समस्या

गुलरिया । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपरजोन क्षेत्रमै सिंचाईको अभाव हुन थालेपछि चैते धानखेतीतर्फ आर्कषित राजापुर क्षेत्रका किसानहरु निरास बन्न थालेका छन् । राजापुर र गेरुवा क्षेत्रमा ४ ओटा कुलो सिंचाई प्रणाली संचालनमा रहेपनि चैते धानखेतीमा पर्याप्त पानी नपुग्दा किसानहरु चिन्तित बनेका छन् ।

सधैं बर्षा अगाडी हिउँदै मकै खेतीगर्दै आएका राजापुर नगरपालिका निवासी छप्पुराम चौधरी चैते धानखेती गर्दैछन् । अन्य कृषि उत्पादन छाडेर हिउँदे धानखेतीमा आर्कषित बनेका उनी प्रर्याप्त पानीको सुविधा नहुँदा दिक्क छन् । आधा विगाहा क्षेत्रफलमा चैते धान लगाएको छु । पानी छैन तनाव हुन्छ । उनले भने धान सुपरजोन क्षेत्रमा पानी छैन । धानलाई पर्याप्त मात्रामा पानी आवस्यक पर्छ । बरु मकै खेतीमा अनुदान बढाए किसानलाई कुनै विस्मात हुने थिएन ।

बर्षेधान भन्दा हिउँदे (चैते) धान बढी उत्पादन हुन्छ । तर बजार मुल्य पनि कम छ । चौधरीले थपे उत्पादन र मुल्य त ठिकै छ । तर पानीको ब्यवस्था राम्रो छैन । यदि बा¥ह्ैमास सिंचाई सुविधा उपलब्ध भैदिए हामी क्षेत्रफल बढाएरै चेते धानको खेती बढाउँथ्यौं । हामीलाई सरकारले पानीको ब्यवस्था गर्नु पर्यो । बर्दियाको राजापुर र गेरुवाक्षेत्रमा गतबर्षको तुलनामा ३४० हेक्टर क्षेत्रफल बृद्धि गरी करिव १ हजार हेक्टरमा चैते धानखेती गरिएको छ ।

बर्दियाको धान सुपरजोन क्षेत्रमा गतबर्ष साढे ५ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व थियो । तुलनात्मक रुपमा यसबर्ष पनि उत्पादकत्व स्थिर रहने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई राजापुर बर्दियाका प्रमुख डाक्टर तपेन्द्र बहादुर शाहले बताए । चैते धानखेतीमा सिंचाईको ब्यवस्थापन राम्रो नभएको उनले स्विकारे । राजापुर क्षेत्रको सिंचाई प्रणाली भताभुंग छ । ४ ओटा कुलो प्रणाली भएपनि ३ वटाबाट पानी आउँदैन ।

एउटा कुलो प्रणाली मात्र चालु अवस्थामा रहेकाले किसानहरुलाई सिंचाईको समस्या छ । पानी लिकेज भएको अवस्था छ । परियोजना मार्फत सिंचाईका लागि हामीले १ सय वटा वोरि® जडान गरेका छौं । उनले भने कुलो मर्मत लगायत कुलोको पूर्वाधार निर्माणमा हाम्रो सहकार्य छ । बजेट परिधिभित्र रहेर चैते धान खेती गर्ने कृषकहरुलाई कुनैपनि कृषि सामाग्री खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएका छौं । विउ, नर्सरी घर, यन्त्रउपकरण, प्लाष्टिक लगायतका कृषि कार्यमा आवस्यक सामाग्रीमा हाम्रो सहयोग रहँदै आएको छ ।

शाहले थपे मोवाईल (किसानकोमा पुगेर), फिक्स (परियोजनाले तोकेको ठाउँमा पुगेर) किसानहरुले उत्पादन गरेका धान सुकाउने ड्रायर भित्र्याउने तयारीमा छौं । गेरुवा गाउँपालिकामा विउ प्रशोधन केन्द्र निर्माण हुँदैछ । मल अभाव हुन कम्पोष्ट मल निर्माणमा जोड दिंदै आएका छौं । आगामी बर्ष धानखेतीको क्षेत्र विस्तार गर्ने परियोजनाको लक्ष्य रहेको उनले प्रष्ट्याए । स्थानिय प्रशासनको सहयोगमा खाद्य कम्पनी राजापुर मार्फत किसानको चैतेधान विक्री भैरहेको छ ।

फागुन चैतमा रोपेको धान यतिखेर पाकेर काट्ने अवस्थामा पुगेको छ । किसानहरु धान काट्न ब्यस्त छन् । राजापुरमा १ सय २० दिनमा पाक्ने धान लगाईने गरेपनि किसानको रोजाईमा चाडै पाक्ने धान छ । हामीले विउ राजापुर क्षेत्रमै उत्पादन गरेका छौं । विउ आयातलाई रोक्न ५६ भेराईटीको ट्रायल धान लगाईएको छ । विउ स्थानिय स्तरमै उत्पादन हुने भएकाले विगतमा जस्तो किसानहरु विउबाट ठगिने अवस्था नहुने प्रमुख शाहको दाबी छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट …

तपाइको मत