स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वयंसेविकालाई साइकल
- बुधबार असार २ , २०७८
हरिवंश पाण्डे, बर्दिया । ठाकुरबाबा नगरपालिका वार्ड नम्बर ७ ले वार्ड भित्र रहेर स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष संलग्न रही सेवा प्रदान गर्ने महिला सामुदायिक स्वयम सेविकाहरुलाई साइकल वितरण गरेको छ । वडा स्तरीय आयोजना अन्र्तगत वडाले ८ जना स्वयंसेविकालाई साईकल हस्तान्तरण गरेको छ ।
वार्ड अध्यक्ष पदम खड्काले साइकल हस्तन्तरणगर्दै स्वयंसेविकाको सेवालाई थप प्रभावकारी र सबैको पहुँचमा पुर्याउन साईकल उपलब्ध गराईएको बताउनु भयो । कार्यक्रममा सुत्केरी तथा गर्भवती महिलालाई क्याल्सियम चक्की पनि वितरण गरिएको छ ।
एक हजार दिने आमाको पोषणका लागी वार्ड भित्र रहेका सुत्केरी गर्भवती महिलालाई क्याल्सियम चक्की वितरण गरिएको हो । कार्यक्रममा १५ हजार चक्की क्याल्सियम बितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।