fbpx

देश चुनावतर्फ गइसक्यो, अब जनताले फैसला गर्छन्

देश चुनावतर्फ गइसक्यो, अब जनताले फैसला गर्छन्

चुरेसमाचार, काठमांडौ । प्रधानमन्‍त्री केपी ओलीले सिंगो मुलुक चुनाव चाहेकोले अब चुनावलाई कसैले रोक्‍न नसक्ने बताएका छन्। उनले भनेका छन्, देश अब चुनावतर्फ गयो गयो, अब जनताले फैसला गर्छन्। जनताले चुनाव चाहेका छन्, अस्थिरता होइन।’
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्‍त्री ओलीले शुक्रबार नारायणहिटी अगाडि आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै यस्तो उद्घोष गरेका हुन्। ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताए।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अब मांसाहारी आन्दोलनले मात्र नहुने बताएकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘मांसाहारी आन्दोललने हुँदेन भनेर उहाँले भनेको के हो ? के चिकेन चिल्ली खान खोजेको हो ?’, प्रश्न गर्दै ओलीले भने, ‘नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन । नेपाल शान्तिपूर्ण छ । नेपाल अशान्तिको भुमरीमा जान सक्दैन ।’

बन्दको नाममा गरिब जनताको सम्पत्तिमा नोक्सान भए सरकारले हेर्ने ओलीले बताए । बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्ताललाई ओलीले कथित नेपाल बन्दको संज्ञा दिएका हुन् । ‘गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ’, ओलीले भने, ‘इन्सुरेन्सलाई क्षतिपूर्ति दिन लगाउँछौँ भएन भने गरिबलाई हेर्ने सरकार छ । गरिबलाई माया गर्ने सरकार छ ।’

तपाइको मत