fbpx

गर्भवती र सुत्केरी महिलालाई अण्डा

गर्भवती र सुत्केरी महिलालाई अण्डा

हरिवंश पाण्डे, ठाकुरबाबा । ठाकुरबाबा नगरपालिका वार्ड नं. ९ ले आफ्नो वार्ड भित्र रहेका सुत्केरी तथा गर्भवती महिलालाई अण्डा वितरण गरेको छ । ठाकुरबाबा नगरपालिकाको बहुक्षेत्रिय स्वास्थ्य पोषण कार्यक्रम अन्तरगत सुत्केरी तथा गर्भवती महिलालाई पौष्टिक आहार स्वरुप अण्डा वितरण गरेको हो ।

घर नजिक पाएक पर्ने स्थानबाट १ सय ३८ जना सुत्केरी तथा गर्भवती महिलालाई अण्डा वितरण गरिएको ९ नम्बर वार्ड अध्यक्ष राधा चौधरीले बताईन् । चालु आर्थिक वर्ष भित्रमा ९ नम्बर वार्ड भित्रका सुत्केरी महिला तथा गर्भवती रहेका महिला गरेर जनही ७६ वटाका दरले अण्डा वितरण गरेका हौं ।

शिशु र आमाको स्वास्थ्य सुरक्षालाई ख्यालगर्दै स्वास्थ्य पोषणमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चौधरीको भनाई छ । कार्यक्रममा वार्ड अध्यक्ष, आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वाराकी इन्चार्ज कमला बुढा लगायतको उपस्थिती थियो ।

तपाइको मत