fbpx

नेता झलनाथ खनाल अस्पताल भर्ना

नेता झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं । नेकपा (एमाले) का नेता झलनाथ खनाल थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि अस्पताल पुगेका खनाललाई चिकित्सकको सल्लाह अनुसार नै भर्ना गरिएको हो ।

कमजोरी महसुस गरेपछि उपचारका लागि पुगेका खनाल चिकित्सकको सल्लाहमै आराम गर्न अस्पताल भर्ना भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

‘केही कमजोर महसुस भएपछि उहाँलाई आज अस्पताल ल्याइएको थियो,’ उनले भने, ‘घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो ।’

उनले नेता खनाललाई जटिल समस्या नरहेको र दुई–तीन दिनपछि घर फर्किने बताए । पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोभिड संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।

तपाइको मत