मोटरसाईकल र्दुघटनाका फरार आरोपीत पक्राउ
- सोमबार जेठ ३१ , २०७८
चुरेकुञ्ज, गुलरिया । प्रहरीले मोटरसाईकल र्दुघटना गरी फरार रहेका एकजना आरोपीलाई पक्राउ गरेको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ९ माछागढ स्थित सडकखण्डमा सोमवार पैदलयात्रीलाई ठक्कर दिई गम्भीर घाईते बनाएर फरार रहेका ककौरा निवासी ३६ बर्षिय रामभरोसे थारुलाई भे ३ प १२५४ नम्वरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
मोटर साईकल र्दुघटना गरी फरार रहेका ब्यक्तीलाई लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय बाँसगढीको टोलीले शनिवार पक्राउ गरि बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए । थारुले चलाएको मोटरसाईकलबाट ठक्कर दिई घाईते बाँसगढी नगरपालिका वेलौरी निवासी प्रेमी थारुको नेपालगञ्ज मेडीकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा बुधवार मृत्यु भएको छ ।
घटना बारे थप अनुसन्धान भैरहेकोले अपराधमा संलग्न ब्यक्तीलाई कारवाही गरिने एसपी कार्कीले जानकारी दिए । घटनास्थल प्रहरी चौकी नभएको स्थानमा रहेकाले अनुसन्धानपछि र्दुघटना गरी फरार रहेका ब्यक्तीलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।