fbpx

पूर्वमन्त्रीको पहलमा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

पूर्वमन्त्रीको पहलमा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

चुरेकुञ्ज, गुलरिया । महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि रक्षा ट्रष्ट बर्दियाले बर्दिया अस्पताल लगायत ४ वटा पालिकाहरुमा संचालित अस्थायी कोभिड अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । नेपाल चिकित्सक संघको सहयोग तथा पूर्व सिंचाई मन्त्री संजयकुमार गौतमको पहलमा जिल्ला प्रशासन कार्यालय बर्दियालाई स्वास्थ्य प्रविधि सामाग्री हस्तान्तरण गरिएको छ ।

कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी पूर्व सिंचाई मन्त्री गौतमले कोभिडका विरामीको उपचारका लागि अस्पताल लगायत पालिकाहरुमा संचालित कोभिड अस्पताललाई सहयोग पुर्याउन कन्सन्ट्रेटर उपयोगी हुने बताए । विपत्तीका बेला नागरिकको सहयोगका लागि आफू जहिले पनि तयार रहने बताउँदै गौतमले मनसुन भित्रीसकेकाले बाढीपूर्वको तयारीका लागि सबैलाई जुट्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेय तथा गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेलाई कन्सन्ट्रेटर हस्तान्तरणगर्दै अन्य पालिकाहरुलाई पनि उपलब्ध गराउन अनुरोध गरेका छन् । यस्ता सहयोगले नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने प्रजिअ सुनारको भनाई छ ।

ट्रष्टले बर्दिया अस्पताललाई २ वटा, गुलरिया, बाँसगढी, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकालाई १÷१ वटा गरी ६ वटा कन्सन्ट्रेटर उपलब्ध गराएको रक्षा ट्रष्टका कार्यवाहक अध्यक्ष शुधांसु प्रकाश शर्माले बताए । प्रजिअको माग अनुसार अन्य पालिकाहरुमा पनि थप कन्सन्ट्रेटर उपलब्ध गराउन पहल गर्ने शर्माले प्रतिवद्धता ब्यक्त गरे ।

तपाइको मत