ब्रेन ट्यूमर पिडित शिक्षकको प्राण रक्षा अभियान
- आइतबार जेठ ३० , २०७८
हरिवंश पाण्डे, ठाकुरबाबा । दैलेख जिल्ला ठाटीकाँध गाउँपालिका वार्ड नं. ५ मा जन्मिएर ठाकुरबाबा नगरपालिका वार्ड नं. १ डुम्रेनी निवासी शिक्षण पेशामा सक्रिय ब्रेन ट्यूमरबाट पीडित अग्र बहादुर शाहको प्राण रक्षाका लागि शिक्षक बचाऔं अभियान थालिएको छ । बर्दियाको भुरीगाँउबाट उनका शिष्य, शिक्षाप्रेमी, शुभचिन्तक लगाएतले विगत एक वर्ष देखि ब्रेन ट्युमरबाट ग्रसित शाहको प्राण रक्षाका लागि सबैमा अनुरोध गरेका छन् ।
विगत एक वर्ष देखि जीवन मरणको दोसाधमा रहेका उनको उपचारका क्रममा हाल सम्म थुप्रै रकम खर्च भइसकेको छ । शिक्षक बचाऔं अभियानका अभियन्ता कुमार खड्काका अनुसार यो एक वर्षको उपचारको क्रममा परिवार सग रहेको समुर्ण चल अचल सम्पति सकिएपनि उपचार नियमित भइरहेको हुँदा थप उपचारका लागि समस्या परेपछि आर्थिक संकलन अभियान शुरु गरेका हौं । हाल भारतको दिल्ली स्थित मेदान्त अस्पतालमा उपचारको क्रममा अप्रेशन गर्नुपर्ने हुँदा आवश्यक रकम अभाव भएकोले सहयोगका लागि अपिल गरिएको छ ।
लामो समयसम्म बर्दियाका विभिन्न विद्यालयमा शिक्षण गर्नु भएका शाह पछिल्लो समय आठाबिस शिक्षा क्याम्पस दैलेखमा क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । आपतकालिन परिस्थीमा सम्पूर्ण आफन्त नातागोता, इष्टमित्र, साथीभाइ, आफूले अध्यापन गराएका देश भित्र तथा विदेशमा रहेका विद्यार्थी भाईबैनी लगाएत सबै सहयोगी मनहरु सँग उहाले सहयोगको अनुरोध गर्नु भएको उहाँ निकट भुरीगाँउ निवासि शिक्षक खगेन्द्र नेपालले बताउनु भएको छ । अभियान अन्तरगत हाल केही सहयोग प्राप्त भैरहेको छ ।
पुण्य कार्यमा सहयोग गर्न चाहनेले राष्ट्रिय बाणिज्य बैंक भुरीगाँउ शाखाको बैंक खाता नं. ४४७०१००००४७६९० मा सोझै सहयोग गर्न सकिने बताईएको छ । शाहको स्वास्थ्य अवस्था बुझ्नका लागि उहाकी धर्मपत्नीको मोबाइल नम्बर ९८५८०२२५९१ र दाजुको मोबाइल नम्बर ९८६८०७७३५३ मा सम्पर्क गर्न सकिने बताइएको छ ।