सुर्खेतमा अक्सिजन प्लान्ट जडान गर्न प्रदेसको ६५ लाख
- शनिबार जेठ २९ , २०७८
हरिवंश पाण्डे, सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले ६५ लाख सहयोग गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका र सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश वीच एक समारोहका साथ नगर अस्पताल सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ६५ लाख बजेट उपलब्ध गराउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्री र बिरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदी बीच सम्झौता भएको हो ।
सो प्लान्ट कटकुवा स्वास्थ्य केन्द्रको प्राङ्रणमा स्थापना गरिने सम्झौता पत्रमा जनाइएको छ । अहिलेको यो कोरोना विषम परिसथितिमा बिरामीलाई अक्सिजनको अभाव टार्न यसबाट केही हद सम्म सहज हुने देखिन्छ ।
