राजापुरमा एग्रोभेट अनुगमन गर्दा म्याद गुज्रिएका सामाग्री
- शनिबार जेठ २९ , २०७८
मीन अधिकारी, राजापुर । बर्दियाको राजापुर बजार अनुगमन गरिएको छ । वााणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंज बाँकेको अगुवाईमा बजार अनुगमन गरिएको हो ।
अनुगमन टोलीले राजापुर वजारका विभिन्न एग्रोभेटहरुको अनुगमन गरी म्याद गुज्रिएका करिव ११ हजार २ सय रुपैया बराबरको विउँविजन, किटनाशक विषादीहरु बरामद गरिएको छ । बरामदी सामाग्री अनुगमन टोली तथा व्यवसायीहरुको रोहवरमा ईलाका प्रशासन कार्यालय राजापुरमा नष्ट गरिएको छ ।
अनुगमन टोलीमा निरीक्षण अधिकृत कृष्ण प्रसाद पौडेल, इलाका प्रशासन कार्यालय राजापुरका प्रमुख सुनिल दत्त, ईलाका प्रहरी कार्यालयका निरिक्षक सन्तोष घिमिरे, कृषि शाखा राजापुरका प्रमुख अमृता चौधरी, पशु सेवा कार्यालयका मणि शंकर भट्ट, अनुसन्धान प्रमुख अर्जुन सुनार, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।