fbpx

गुलरियामा विपन्नको भोक मेट्दै फूडबैंक

गुलरियामा विपन्नको भोक मेट्दै फूडबैंक

चुरेकुञ्ज, गुलरिया । कोभिड महामारीका बेला समुदायमा रोगले मात्र होईन भोकले पनि कोई नमरुन् भन्ने अभियान लिएर बर्दियामा फूड वैंक शुरु गरिएको छ । हुनेले दिउन नहुनेले लैजाउन भन्ने हेतुले खाद्य वैंक स्थापना गरिएको हो ।

फूड बैंक मार्फत संकलित खाद्यान्नहरु अभाव झेलिरहेका विपन्नहरुलाई वितरण गरिएको छ । बर्दियामा अक्सिजन वैंकको सामाजिक अभियानले गतिलिएसँगै रोगले मात्र होईन भोकले पनि कोही नमरुन भन्ने अभिप्रायले वैंक स्थापना गरिएको लायन्स क्लव अफ बर्दियाका अध्यक्ष सुधाकर मिश्रले बताए । गुलरिया नगरपालिकाको समन्वय, सहयोग र सहकार्यमा हिन्दु स्वयंसेवक संघ नेपाल, लायन्स क्लव अफ बर्दिया र एन्टा अमेरिका लगायतका सामाजिक संस्थहरुले वैंक मार्फत खाद्यान्न संकलन गर्ने अभियान चलाएका हौं ।

उनले भने सहयोगी मनहरुले वैंकमा खाद्यान्नका लागि सहयोग उपलब्ध गराउने क्रम जारी छ । स्थानिय दाताहरुबाट सहयोग एकिकृत गरी विपन्न समुदायहरुलाई खाद्यान्न वितरण गरेका छौं । दाल, चामल, पिठो, नुन, तेल, लगायतका अत्यावस्यक सामाग्रीहरु खाद्यान्न अभाव खेपिरहेका वास्तविक परिवारलाई उपलब्ध गराएका छौं । नगरमा लकडाउनले प्रभावित भै खाद्यान्न अभाव खेपीरहेका पिडितहरुलाई बैंक मार्फत संकलित सहयोग वितरण गर्ने हाम्रो मुल उद्देश्य हो ।

लायन्स क्लव अफ बर्दिया, हिन्दु स्वयंसेवक संघ नेपाल लगायतका सामाजिक संस्थाहरुले विपन्नको खान पाउने अधिकार रक्षा गरेका हौं । हिन्दु स्वयंसेवक संघ नेपाल नेपालगंज संवाहक राजेन्द्र कुमार यादवले भने हुनेले वैकलाई दिउन र नहुनेले वैंकबाट लैजाउन भन्ने वैंकको मुख्य उद्देश्य छ । वैंकले प्रतिपरिवार २० केजी चामल, २ केजी दाल, ५ केजी पिठो, आधा लिटर तेल, २ वटा सावुन र ५ ओटा मास्क दिएको छ । वैंक संचालनका लागि गुलरिया नगरपालिकाले समन्वय, सहयोग र सहकार्यगर्दै आएको छ ।

वैंकलाई आवस्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन नगरपालिका तयारी अवस्थामा रहेको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए । खाद्यान्न वितरणका लागि नगरपालिकाले गाडी उपलब्ध गराउँदै आएको छ । उनले भने आवस्यकता अनुसार वैंकको दायरा बढाउन हामीले पहल गरेका छौं विश्वब्यापी कोभिड महामारीका कारण चौतर्फी प्रभाव पारेको छ । कोभिडका कारण दैनिक विहान वेलुकाको छाक टार्न धौधौ परेका परिवारलाई अभियान सान्दर्भिक छ ।

तपाइको मत